देकोचा भक्तपुरस्थित ख्वप कलेज अफ लको आयोजनामा फौजदारी कानुन र न्याय शीर्षकमा शनिबार राष्टिय सम्मेलन सुरु भएको छ । सम्मेलन दिनभरि चल्नेछ ।
सम्मेलनको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितले पानसमा दीप प्रज्ज्वल गरी गरे । सम्मेलनको उदघाटन गर्दै विजुक्छेंले प्रजातन्त्रमा सवैभन्दा ठुलो दलले सरकार चलाउने र दोश्रो ठुलो दल प्रमुख प्रतिपक्षमा रहने सिद्धान्त रहेको बताए । प्रजातन्त्रबादी भनिने प्रजातान्त्रिक पार्टीहरु नै प्रजातन्त्रको खिल्ली उडाई स्वार्थमा लाग्नु दुःखद् भएको उनले बताए ।
बिजुक्छेंले ठुला पार्टी भनाउँंदाहरु मात्रै नभइ बुद्धिजीवीहरुसमेत स्वार्थमा लाग्दा देश अप्ठेरो अवस्थामा पुगेको बताए । पढेलेखेका बुद्धिजीवीहरु पनि राजदूत पद पाएपछि गलत कुराको पनि समर्थन गर्दै आफनो व्यक्तिगत स्वार्थमा डुव्नु दुःखको विषय भएको उनको भनाइ थियो । साथै उनले सांसदहरुमा समेत अध्ययनको कमी भएको बताए ।
कायक्रममा आयोजक कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति, उपाध्यक्ष एवं भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, सवोच्च अदालतका पूव न्यायाधिस एवं सम्मेलनका कि नोट स्पीकर डा आनन्दमोहन भटराइ, राष्टिय सम्मेलन विज्ञ समितिका प्रतिनिधि फौजदारी कानुन विज्ञ लेखक एवं वरिष्ठ अधिवक्ता प्राडा रंजितभक्त प्रधान, महान्याधिवक्ता रमेश वडाल, पूवाञ्चल विश्वविद्यालयका डीन कोमलप्रसाद दुलाल, राष्टिय सम्मेलन सल्लाहकार समितिका प्रतिनिधि एवं ख्वप कलेजका प्राचाय प्रकाशकुमार श्रेष्ठ, आयोजक कलेजकी प्राचाय अनिता जधारीलगायतले सम्मेलनको शुभकामना व्यक्त गरेका थिए ।
