गाउँ शहरमा दशैं पछिको रमाइलो पर्व तिहार
विश्वमा मानव सभ्यताको त्यो सुन्दर उपहार
दिदी भाइ दाजुबहिनीको स्नेहपूर्ण आवद्ध
मानव सभ्यताको विकासका लागि प्रतिवद्ध
निधारमा सप्तरंगी रंगाउँदै छुट्दैनन् सम्बन्धको हात
सुनाैलो बिहानी किरण देखि लजाएर झर्छन् पारिजात
रंगीचंगी फूलहरुले बोलाएको सयपत्री मखमली
रमाउँछन् गाउँघरका दिदीबहिनी चम्पा चमेली
पशुपन्छीको योगदान स्वरुप गरिन्छ त्यसलाई सम्मान
मानव मानव बीच कहिल्यै गर्नुहुन्न जातीय अपमान
भोगटे, बिमिरो, अम्बा, ओखर प्रकृतिको सुन्दर फल
समृद्ध समाजको लागि भातृत्वमा बढाउनु छ मनोबल
गाउँघर शहर बजारमा चलेको छ देउसी भैलो
मनैदेखि हटाउनु छ कुरीति र अनियमितताको मैलो
सकारात्मक सोचले संसार बदल्ने साहसपूर्ण म्ह पूजा
अनिष्ट अकल्पनीय घटनालाई टाढा पुर्याउने भाईपूजा