ताजा अपडेट

ट्रेन्डिङ

विनायकमा जापानीज विशिष्ट पाहुनाहरूको भव्य स्वागत

Gyan Khabar

ज्ञानखबर

बिहि, कार्तिक २७, २०८२
356 पटक हेरिएको
विनायकमा जापानीज विशिष्ट पाहुनाहरूको भव्य स्वागत

शिक्षालाई संस्कार र अनुशासनसँग जोडी आजका हरेक बालबालिका भोलिका विश्व नागरिक बनाउन युगानुकूल गुणस्तरीय एवं वैज्ञानिक शिक्षा प्रदान गर्न लागि परेको मध्यपुर ठिमीको उत्कृष्ट विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले २०८२ कार्तिक २६ गते जापानका विशिष्ट व्यक्तिहरूको सम्मानमा भव्य स्वागत कार्यक्रमको आयोजना गरेको छ।

विनायक शिक्षा निकेतन इङ्लिस स्कुलका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको विशेष निमन्त्रणामा भ्रमण टोलीमा नेपाल जापान मैत्री संघका अध्यक्ष हिरोनी इसीवोका, जापानकाेओट्सुकी सहरका मेयर नोबुयासी कोबुयासी,त्यस सहरका मुख्य सचिव कोजुया सुकीमोतो, हुकुतो सहरका पोलिसी डाइरेक्टर हाजिमे ओसिवा, जापानका उद्योग एवं पर्यटन विभागका निर्देशक सिन्जी यामादा सहितको टोलीले संस्कृति कला एवं विद्यार्थीहरूको प्रतिभा अवलोकनका लागि उपस्थित रहेको थियो।

कार्यक्रममा विशिष्ट पाहुनाहरुले नेपाल बुद्धको भूमि भएकोले बुद्धका मार्गदर्शक सिद्धान्त ,आफ्नो मौलिक कला संस्कृति ,प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण एवं अनुसरण गर्न सकेमा तथा अनुशासित र संस्कारी जीवन अवलम्बन गर्न सकेमा धेरै अगाडि बढ्न सकिने कुरा बताएका थिए।

कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले नेपाल जापान सम्बन्ध एवं सांस्कृतिक तथा शैक्षिक आदानप्रदान कार्यक्रमबाट भाषा तथा विज्ञान र प्रविधि अनि जापानको विकास र गौरवको सबैले अनुकरण गर्न सके प्रकृतिको राजधानीका रूपमा रहेको नेपाल समृद्ध बन्न सक्ने विचार व्यक्त गरेका थिए। साथै उनको संयोजनमा यही कार्तिक २ गतेदेखि कार्तिक १७ गतेसम्म भएको शैक्षिक तथा सांस्कृतिक अवलोकन भ्रमणका क्रममा जापानी जनताहरूले देखाएको सदासयताप्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन समेत गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले नेपाल जापानका झण्डासहित विशिष्ट पाहुनाहरूलाई अष्टमात्रीका नृत्य तथा नेपाली- नेवारी बाँसुरीका धुनका माध्यमबाट आफ्नो विशिष्ट पहिचान प्रस्तुत गर्दै पाहुनाहरूलाई नचाएका समेत थिए।