ताजा अपडेट

ट्रेन्डिङ

साहित्यकार जी. बी. खड्काको कविता सङ्ग्रह ‘हृदयका तरङ्ग’ प्रकाशित

Gyan Khabar

ज्ञानखबर

मङ्ल, पुस १५, २०८२
150 पटक हेरिएको
साहित्यकार जी. बी. खड्काको कविता सङ्ग्रह ‘हृदयका तरङ्ग’ प्रकाशित

भक्तपुर । शिक्षासेवी तथा साहित्यकार जी. बी. खड्का (अनाम)को दोस्रो कविता सङ्ग्रह ‘हृदयका तरङ्ग’ प्रकाशित भएको छ। लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आउनु भएका खड्काको यस कृतिले उहाँको साहित्यिक यात्रालाई निरन्तरता दिदै सामाजिक अनुभूति र मानवीय भावनालाई कवितामार्फत अभिव्यक्त गरेको छ।

यसअघि वि.सं. २०६७ मा प्रकाशित संयुक्त कविता सङ्ग्रह ‘हृदयका प्रतिविम्ब’ प्रकाशित भएको थियो । हृदयका तरङ्ग’ उहाँको व्यक्तिगत अनुभूति, समाजप्रतिको दृष्टिकोण, जीवनका उतार–चढाव तथा समयसमयको यथार्थलाई समेट्ने कविताहरूको सङ्ग्रह रुपमा चिनाइएको छ । कृतिमा प्रेम, पीडा, आशा, संघर्ष, सामाजिक न्याय र मानवीय मूल्यका विषयहरूलाई सरल एवं सहज भाषामा प्रस्तुत गरिएको छ।

वि.सं. २०३१ जेठ १२ गते भक्तपुरको साविक चित्तपोल–८ मा जन्मिएका खड्का हाल सूर्यविनायक नगरपालिका -१० खड्कागाउँमा बसोबास गर्दै आउनु भएको छ। बी.एड. र समाजशास्त्रमा एम.ए. गरेका खड्का चाँगुनारायण नगरपालिका–६ मा रहेको क्वालिटी इङ्लिस सेकेन्डरी स्कूलका संस्थापक तथा प्रिन्सिपल हुन्। उहाँले शिक्षालाई सेवाको रूपमा अघि बढाउँदै विद्यार्थी, अभिभावक र समाजसँग निरन्तर जोडिँदै आफूलाई समर्पित गर्दै आउनु भएको छ ।

शिक्षा क्षेत्रसँगै उहाँ विभिन्न सामाजिक तथा नागरिक संस्थामा समेत सक्रिय छन्। हाल उहाँ राष्ट्रिय निजी तथा आवासीय विद्यालय नेपाल (नेशनल प्याब्सन)का केन्द्रीय उपमहासचिव, एडिफाई प्राइभेट स्कूल्स अर्गनाइजेसन नेपाल (इप्सन) भक्तपुरका अध्यक्ष, एमनेस्टी इन्टरनेशनल नेपालअन्तर्गत समूह ५६ का संयोजक तथा नेशनल प्याब्सन भक्तपुरका पूर्व अध्यक्ष तथा हाल सल्लाहकार समेत रहनु भएको छ । खड्काको कविता सङ्ग्रह ‘हृदयका तरङ्ग’ प्रकाशनसँगै साहित्यिक क्षेत्रमा सिर्जनात्मक पहिचान अझ दरिलो भएको साहित्यकर्मी एवं पाठकहरुको भनाइ छ।