ताजा अपडेट

ट्रेन्डिङ

श्री सरस्वती माविको ६४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

Gyan Khabar

ज्ञानखबर

सोम, माघ ५, २०८२
107 पटक हेरिएको
श्री सरस्वती माविको ६४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

चाँगुनारायण नगरपालिका वडा नं. ८ स्थित श्री सरस्वती माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ६४ औं वार्षिकोत्सव आइतबार एक विशेष समारोहका साथ विद्यालय परिसरमा सम्पन्न गरेको छ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा शिक्षा र समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री श्रेष्ठले विद्यालयको ऐतिहासिक गरिमाको चर्चा गर्नुभयो।

वार्षिकोत्सव समारोहमा बागमती प्रदेशका पूर्व मन्त्री एवं काठमाडौं महानगरपालिकाका पूर्व उपप्रमुख हरिप्रभा खड्गी, चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी, पूर्व नगर प्रमुख एवं नेकपा एमालेका नेता सोम मिश्र तथा वडा नं. ८ का वडा अध्यक्ष जनक खत्री लगायतका विशिष्ट महानुभावहरूको उपस्थिति रहेको थियो।

समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव पुरी र प्रधानाध्यापक टिकाराम पाण्डेले विद्यालयको शैक्षिक गतिविधि, भौतिक प्रगति र आगामी कार्ययोजनाका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। विद्यालयका विद्यार्थीहरूले विभिन्न लोक तथा आधुनिक गीतमा सांस्कृतिक नृत्य र गायन प्रस्तुत गरी कार्यक्रमलाई थप मनोरञ्जक बनाएका थिए।

वार्षिकोत्सवमा पुराना ऐतिहासिक सिक्काहरू संकलन गरी संरक्षणमा योगदान पुर्‍याउने भक्तपुर घर भई हाल काठमाडौं निवासी एकै परिवारका दुई दाजुबहिनी लक्ष्यजित मल्ल र समृद्धि मल्ललाई प्रमुख अतिथि मन्त्री श्रेष्ठले विशेष सम्मान प्रदान गर्नुभयो। सानै उमेरमा दुर्लभ सिक्काहरूको संग्रह गरेर उनीहरूले देखाएको अभिरुचिको कार्यक्रममा प्रशंसा गरिएको थियो।

FB IMG 1768801027457 1

यसैगरी, समाज र शिक्षा क्षेत्रको उत्थानमा सञ्चार जगतबाट पुर्‍याएको योगदानको कदर गर्दै पाँच जना क्रियाशील पत्रकारहरूलाई पनि सम्मान गरिएको थियो।