ताजा अपडेट

ट्रेन्डिङ

प्राध्यापकहरूलाई एकदिने तालिम

Gyan Khabar

ज्ञानखबर संवाददाता

९ मङ्सिर २०७९, शुक्रबार
223 पटक हेरिएको
प्राध्यापकहरूलाई एकदिने तालिम

शिक्षकहरूको पेसागत विकासका लागि प्राध्यापकहरूलाई एकदिने तालिम दिइएको छ । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरले प्राध्यापकहरूका लागि निरन्तर पेशागत विकास कार्यशाला गरेको हो ।

शिक्षकको पेसागत क्षमताको विकास गरी विद्यार्थीको सिकाइलाई सवलीकरण गर्ने उद्देश्य कार्यक्रमको रहेको काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनकोतर्फबाट कार्यक्रम संयोजक पार्वती ढुंगानाले बताइन् । गोष्ठीमा विभिन्न विषय विज्ञहरूले आ-आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रमको पहिलो चरणमा काठमाडौ युनिभर्सिटी स्कुल अफ एजुकेसनका डिन प्रा. बालचन्द्र लुइँटेल र आयोजक नेकका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले गोष्ठीको महत्वबारे चर्चा गरेका थिए । 

ब्लुम्स् टेक्सोमोनी विषयमा प्रा. बालचन्द्र लुइँटेल र विनोदप्रसाद पन्तले संयुक्त रूपमा प्रस्तुति दिएका थिए । स्टिम प्याडागोजी इन इन्जिनियरिङ विषयमा गंगा सुब्बा, कोलावोरेटिभ लर्निङ र क्लासरुम म्यानेजमेन्ट विषयमा डा. बासुप्रसाद सुवेदीले प्रस्तुति दिएका थिए । 

शिक्षकहरूको क्षमता अभिवृद्धि र प्रभावकारी शिक्षणका लागि कार्यक्रम गरिएको आयोजक नेकका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । शिक्षकहरूको क्षमता विकासका लागि कलेजले प्रत्येक वर्ष निरन्तर यस्ता कार्यक्रम गर्दै आएको उनकाे भनाइ छ । गोष्ठीमा अण्डर ग्रायजुएट र इन्जिनियरिङमा माष्टर्स तहसम्म पढाउने विशेष गरी फ्रेस शिक्षक प्राध्यापकहरूलाई तालिन दिने गर्दै आएको जानकारी उनले गराए ।

नेकका एकेडेमिक कोअर्डिनेटर बाबुराम भट्टराई, एसोसिएट प्रोफेसर कृष्णविक्रम शाहलगायतले गोष्ठीले शिक्षण सिकाइमा प्रभावकारिता आउने विश्वास व्यक्त गरे । नेकका अन्डर ग्रायजुयट र माष्टर्स तहमा पढाउने ५० जनाभन्दा बढी प्राध्यापक सहभागी रहेका थिए ।