ताजा अपडेट

ट्रेन्डिङ

नक्कली प्रमाणपत्र पेश गरेेका शिक्षक विरुद्ध मुद्दा दायर

Gyan Khabar

ज्ञानखबर

सोम, मंसिर १९, २०७९
243 पटक हेरिएको
नक्कली प्रमाणपत्र पेश गरेेका शिक्षक विरुद्ध मुद्दा दायर

नक्कली प्रमाणपत्रका आधारमा शिक्षण सेवामा प्रवेश गर्ने शिक्षक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कैलालीको राष्ट्रिय उच्च माध्यमिक विद्यालय खैलाडका उच्चमाध्यमिक विद्यालय संयोजक मथुरा चौधरी विरुद्ध आरोपपत्र दायर गरेको हो । शिक्षक चौधरीको स्नातक तहको ट्रासकिप्ट, प्रोभिजनल प्रमाणपत्र र क्यारेक्टर सर्टिफिकेट नक्कली पेश गरी माध्यामिक तहको स्थायी शिक्षक पदमा नियुक्त भई कार्य गरेको अनुसन्धानका क्रममा पाइएपछि अख्तियारले मुद्दा दायर गरेको विज्ञप्तिमा मार्फत जानकारी दिएको छ ।

चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजाय माग गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

nakkali