ताजा अपडेट

ट्रेन्डिङ

जनजीवन मा. वि.को ५६ औ‌ैं वार्षिकोत्सव सम्पन्न

Gyan Khabar

ज्ञानखबर

मङ्ल, फाल्गुन २, २०७९
393 पटक हेरिएको
जनजीवन मा. वि.को ५६ औ‌ैं वार्षिकोत्सव सम्पन्न

चितवनको श्री जनजीवन मा. विद्यालयको ५६ औ‌ैं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रम माघ २७,२८,२९ र फागुन १ गरी ४ दिन चलेको थियो ।

कार्यक्रमको पहिलो दिन माडि स्तरीय लोक नृत्य प्रतियोगिता, दोश्रो दिन छिमेकि फिडर विद्यालयका शिक्षकहरुलाई कम्पुटर तालिम, तेश्रो दिन वातावरण संरक्षण सम्बन्धि सचेतना कार्यक्रम तालिम, गोष्टी सहित पुरस्कार वितरण भएको थियो ।

चौथो तथा अन्तिम दिन वार्षिकोत्सव पुर्व नगरमुख तथा वर्तमान बाग्मति प्रदेश सभा सदस्य माननीय ठाकुर प्रसाद ढकालको प्रमुख आथित्यता भएको थियो । विद्यालयका प्रअ अमृता केसीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

janajiban4

वार्षिकोत्सव समारोहमा पुर्व प्रअ शोभाकर गौतम सहित ३ कर्मचारी सम्मानित भए । साथै शैक्षिक सामग्री सहित सिकाइ प्रदर्शनि एवं एकराज शोभा जोशि स्मृति प्रतिष्ठानद्वारा ५००००० को अक्षयकोष स्थापना गरेको छ ।
janajiban2

कार्यक्रममा शिक्षकहरुरले साँंस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरेका थिए । वार्षिकोत्सव साँझमा दिपावलि सहित सम्पन्न भएको छ ।