ताजा अपडेट

ट्रेन्डिङ

चाँगुनारायण नगरपालिकाकामा गणित विषयको सिकाइ सामग्री प्रदर्शनी सम्पन्न

Gyan Khabar

ज्ञानखबर संवाददाता

११ फाल्गुण २०७९, बिहिबार
227 पटक हेरिएको
चाँगुनारायण नगरपालिकाकामा गणित विषयको सिकाइ सामग्री प्रदर्शनी सम्पन्न

चाँगुनारायण नगरपालिकाको आयोजना र ‘आधारभूत शिक्षाको गुणस्तर सुधार परियोजना’(आइमिन)को प्राविधिक सहयोगमा गणित विषयको सिकाइ सामग्री प्रदर्शनी ( दोश्रो समुह ) आज सम्पन्न भएकोछ ।

गणित विषयमा विद्यार्थीहरुको सिकाइ क्षमता सुदृढ बनाउनका लागि गरिएको सो प्रदर्शनीमा सुडालको महेन्द्र ग्राम मावि दोस्रो, ताथलीको फैढोका आवि तेस्रो र सुडालको बाल्मिकेश्वोर मावि चौथो भएको छ ।

जाइकाको सहयोगमा नगरपालिकामा लागू भएको आइमिन परियोजना अन्तर्गत गरिएको प्रदर्शनीमा अभिभावकले आफ्नो दैनिक जीवनमा प्रयोग हुने विभिन्न वस्तु र सामग्रीलाई गणित सिकाइसँग जोड्न सकिने उदारहणको प्रदर्शनी गरेका थिए ।

प्रदर्शनीमा सहभागी विद्यालय तथा उत्कृष्ट नतिजा प्राप्त गरेका विद्यालय, अभिभावक र शिक्षकलाई चाँगुनारायण नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख वीरबहादुर खड्का, आइमिनका संयोजक टोमोमीले पुरस्कार वितरण गरेका थिए ।