ताजा अपडेट

ट्रेन्डिङ

त्रिभुवन विश्वविद्यालयद्वारा चार बर्षे बि.बि.एस. पहिलो वर्षको परीक्षाफल प्रकाशित

Gyan Khabar

ज्ञानखबर संवाददाता

१ चैत २०७९, बुधबार
288 पटक हेरिएको
त्रिभुवन विश्वविद्यालयद्वारा चार बर्षे बि.बि.एस. पहिलो वर्षको परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले व्यवस्थापन सङ्काय अन्तर्गतको चार बर्षे बि.बि.एस. पहिलो वर्षको परीक्षाफल प्रकाशित गरेको छ।

परीक्षा नियन्त्रण कार्यालयले २०७८ साल साउन महिनामा सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित गरेको जानकारी दिएको छ।

परीक्षाको नतिजा त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइट https://tuexam.edu.np/ मा हेर्न सकिनेछ । साथै मोबाइलमा NTC बाट 4BBS सिम्बोल नम्बर टाइप गरि 33624 मा एस.एम.एस. गरेर समेत नतिजा हेर्न सकिनेछ।