ताजा अपडेट

ट्रेन्डिङ

चिकित्सा शिक्षा स्नातक तहको MBBS शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित

Gyan Khabar

ज्ञानखबर संवाददाता

२ चैत २०७९, बिहिबार
261 पटक हेरिएको
चिकित्सा शिक्षा स्नातक तहको MBBS शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित

चिकित्सा शिक्षा आयोगबाट मिति २०७९ फागुन २४ गते लिइएको चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2023) अन्तर्गतको MBBS शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

उक्त नतिजा परीक्षार्थीले आफ्नो प्रोफाइलमा समेत हेर्न सकिने व्यवस्था मिलाएको छ । प्रवेश परीक्षाको उत्तर पुस्तिकामा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा बबल गलत भरेका उम्मेदवारका उत्तरपुस्तिकाहरू रद्द गरेको छ ।

प्रकाशित नतिजाउपर चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारहरूले हिमालयन बैक लिमिटेडको चल्ती हिसाब नम्बर ०४३०८९३१६७००१७ मा जम्मा हुने गरी रु.१,०००/- दस्तुर बुझाएको भौचर वा अनलाइन माध्यमबाट रकम बुझाएको प्रमाण संलग्न राखी चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा विद्यार्थी भर्नासम्बन्धी कार्यविधि, २०७९ को अनुसूची – २ बमोजिमको ढाँचामा मिति २०७२/१२/०८ गते बिहान १०:०० बजेदेखि २०७९ / १२ / १० गते अपरान्ह ५:०० बजेभित्र आयोगको इमेल retotal@mec.gov.np मार्फत निवेदन पेश गर्न सकिनेछ ।