ताजा अपडेट

ट्रेन्डिङ

सफलताको सुत्र: आत्मविश्वास, सहकार्य र निर्देशनको पालना

Gyan Khabar

ज्ञानखबर संवाददाता

७ चैत २०७९, मङ्गलबार
305 पटक हेरिएको
सफलताको सुत्र: आत्मविश्वास, सहकार्य र निर्देशनको पालना

अक्सफोर्ड प्राक्टिकल स्कुलरकलेजको आयोजनामा विद्यार्थीलाई मार्गनिर्देशन, प्रतिभा पहिचान तथा पुरस्कार वितरण कार्यक्रमा कलेजका व्यवस्थापक श्री राम दुवालको सभापतित्वमा सम्पन्न भएको छ ।

विद्यार्थीको शैक्षिक सफलता र व्यक्तित्व विकास एवं प्रतिभा पहिचान गर्न प्रतियोगितात्मक तरिकाले जीवनोपयोगी ज्ञान, सिप र धारणा विकास गराउन किताब र कक्षाकोठामा पढाउने भन्दा रमाईलो र सहज वतावरणमा मौलिक प्रतिभा प्रस्फुटन गर्न, रचनात्मक कार्य सँगै सृजनात्मक सोच र चिन्तन गर्नुपर्ने कुरामा जोड दिदै कार्यत्रमका प्रमुख अतिथि सफल सगरमाथा आरोही प्रकाश राज पाण्डेले बताउनुभयो ।

उहाँले सफलता हासिल गर्न आत्मविश्वास, सहकार्य र सही तवरले निर्देशनको पालना गर्नुपर्ने बताउनुभयो । जीवनको प्रत्येक घडीमा सफलता प्राप्त गर्न प्रयास, मेहेनत र अभ्यासलाई निरन्तरता दिनको लागि कक्षा ११ र एस।ई।ई मा सहभागी हुने विद्यार्थीहरुलाई मार्ग निर्देशन समेत गर्नुभयो ।

रिस र आवेग विद्यार्थीका सत्रु हुन् भन्दै जीवनको चुनौती र समस्या नै सफलताको पहिलो अवसर हो । यसलाई सही समय र परिवेशमा प्रयोग गर्न सके सफलता प्राप्त हुने बताउदै आफ्नो सफल सगरमाथा आरोहनको वृत्तचित्र समेत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुको अन्तर्निहित क्षमता र प्रतिभा प्रस्फुटन गर्न सके मात्र सक्षम र सवल एवं भविष्यमा योग्य नागरिक वनाउने सक्ने कुराको जानकारी कलेजका प्रद्यानाध्यापक श्री रवि दुवालले बताउनुभयो ।

सोही कार्यक्रममा कलेजका शिक्षक श्री जीवन सुवालले प्रतिस्पर्धात्मक समाजमा विद्यार्थीहरुलाई ज्ञानमा मात्र जोड दिए भविष्यको गन्तव्य पहिचान गर्न नसक्ने भएकोले कलेजबाट संचालित विविध गतिविधिहरुले विद्यार्थीहरुमा सकारात्मक भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा कलेजबाट संचालित हाजिरी जवाफ, टेबुल टेनिस, हिज्जे प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको र कार्यक्रममा विद्यार्थीहरुबाट नृत्य, गायन र कविता वाचन समेत गरिएको थियो ।