वागीश्वरी माध्यामिक विद्यालयमा समुदाय–प्रहरी साझेदारी अन्तर्गत विद्यालय–प्रहरी सम्पर्क समिति प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाको संयोजकत्वमा दश सदस्यीय नयाँ समिति गठन गरिएको छ ।
विद्यालयमा २०७५ सालमा पनि यस्तो समिति गठन गरिएको स्मरण गर्दै प्रधानाध्यापक धन्छाले नयाँ गठीत समितिले अझ सक्रियताका साथ काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
अपराध रोकथाम, सामाजिक विकृति विरुद्ध जनचेतना फैलाउने, सुरक्षा व्यवस्थापनमा जनसहयोग गर्ने नेपाल प्रहरी र स्थानीय संस्थागत साझेदारीको अवधारणा रहेको प्रहरी नायब निरिक्षक डिकराज प्रसाईले बताउनुभयो ।