ताजा अपडेट

ट्रेन्डिङ

नेकमा विद्युतीय उपकरण जडान तथा सुरक्षा प्रयोगशाला प्रारम्भ

Gyan Khabar

ज्ञानखबर

शुक्र, चैत्र १७, २०७९
490 पटक हेरिएको
नेकमा विद्युतीय उपकरण जडान तथा सुरक्षा प्रयोगशाला प्रारम्भ

नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा विद्युतीय उपकरण जडान तथा सुरक्षा प्रयोगशाला प्रारम्भ भएको छ ।

पोखरा विश्वविद्यालयले हालै परिमार्जन गरेको पाठ्यक्रम बमोजिम विद्यार्थीलाई प्रयोगात्मक सीप दिन नयाँ प्रयोगशाला स्थापना भएको कलेजले जनाएको छ ।

कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले एक पटकमा २४ जना विद्यार्थीले एकै पटक प्रयोग गर्न मिल्ने जनाए । यसका लागि आवस्यक सबै सामग्री कलेजले केही हप्ता अगाडि खरिद गरेको उनले जानकारी दिए।

nec ele lab

nec ele lab2