चाँगुनारायण नगरपालिकाको वडा नं. ७ खरिपाटी स्थित श्री कृष्ण माध्यामिक विद्यालयको पुन: निर्मित भवन हस्तान्तरण एवं उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (CLPIU) को सहयोगमा पुन: निर्मित ८ कोठे भवन चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यमा भएको हो ।
चाँगुनारायण नगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष धन बहादुर लामा, ७ का वडा अध्यक्ष श्यामकृष्ण नायाजु, नगरपालिकाका प्रशासनिक अधिकृत हिरामणि सुबेदी ,शिक्षा शाखाका प्रमुख वीर बहादुर खड्का,विद्यालयका प्रधानध्यापक अरुण कुमार चौधरी ,श्री कृष्ण बहुमुखी क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष राधाकृष्ण लामिछाने, क्याम्पस प्रमुख नानिकाजी खत्री ,CLPIU का प्रतिनिधि अजय शाह लगायतका आतिथिहरुको उपस्थितिमा भवन हस्तान्तरण एवं उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निरन्जन बजगाईको सभापतित्वमा भएको थियो ।