ताजा अपडेट

ट्रेन्डिङ

मर्निङ ग्लोरी किण्डरगार्डेनका स-साना बालबालिकाहरु पुरस्कृत

Gyan Khabar

ज्ञानखबर

आइत, बैशाख १०, २०८०
412 पटक हेरिएको
मर्निङ ग्लोरी किण्डरगार्डेनका स-साना बालबालिकाहरु पुरस्कृत

भक्तपुर, लिवालीको मर्निङ ग्लोरी किण्डरगार्डेनका स-साना बालबालिकाहरु पुरस्कृत भएका छन् ।

किण्डरगार्डेनले गरेको ग्राजुयसन तथा पुरस्कार वितरण समारोहमा ससाना बालबालिकाहरु पुरस्कृत भएका हुन् । ती बालबालिकाहरुलाई भक्तपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष कृष्णप्रसाद कोजूले पुरस्कृत गरेका हुन् ।

कार्यक्रममा पारागन एकेडेमीका प्रिन्सिपल पुन्यराम कवां, भक्तपुर नगरपालिका एपेनका सभापति किरण गोसाई, शिक्षक अभिभावक संघका अध्यक्ष नारायणप्रसाद मचामसी, किण्डरगार्डेन व्यवस्थापन समितिका अधयक्ष कमिनिका न्याइच्वाई, प्रिन्सिपल स्वर्णिमा मुललगायतले बालबालिकाहरुमा पुरस्कारले पार्ने सकारात्मक प्रभावकारे चर्चा गरे ।

कार्यक्रममा ससाना बालबालिकाहरुले आआफनो प्रस्तुति देखाई मनोरञ्जन दिलाएको थिए ।

mg kindergarten 4

mg kindergarten 3