ताजा अपडेट

ट्रेन्डिङ

वागीश्वरी कलेजमा ‘आइडिया पिचिंग’ सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बिहि, असार १४, २०८०
361 पटक हेरिएको
वागीश्वरी कलेजमा ‘आइडिया पिचिंग’ सम्पन्न

वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको समन्वयनमा उद्यमशीलता सहयोग कार्यक्रम अन्तर्गत ‘आइडिया पिचिंग’ सम्पन्न भएको छ ।

उक्त कार्यक्रमका अतिथि विश्वविद्यालय अनुदान आयोग अनुसन्धान कार्यका सहायक निर्देशक दिनेश प्रजापतिले उद्यमशिल व्यवसायी सुरु गर्न नेपालमा भैरहेको आर्थिक तथा व्यवहारिक गतिविधिलाई अध्ययन गर्नु पर्ने कुरा व्यक्त गर्नुभयो ।

त्यसैगरि नेपाल घरेलु तथा साना उद्योग महासंघ, वरिष्ठ उपाध्यक्ष सत्यमोहन प्रजापतिले जस्ले जोखिम उठाउन्छ उही उद्योगपति बन्छ भन्ने भाव व्यक्त गर्नुभया । साथै सहभागी विद्यार्थीहरु तथा शिक्षकशिक्षिकाले प्रस्तुत गरेको योजनाहरु लघु उद्योग र घरेलु उद्योगमा राम्रो सम्भावना भएको र विद्यार्थीहरुले धेरै उद्यामशीलता सम्बन्धि अध्ययन गर्नु राम्रो पक्ष भएको बताउनुभयो ।

२०७९ चैत्र २१ गते देखि वागीश्वरी कलेजले ४० घण्टे उद्यमशीलता सहयोग कार्यक्रमहरु अन्तर्गत सहभागी विद्यार्थीहरु तथा शिक्षकशिक्षिका माझ विभिन्न स्रोत व्यक्ति मार्फत उद्यमशीलता तालिम तथा प्रशिक्षण दिढै आएको थियो ।

bagi idea 3

३० जना सहभागी विद्यार्थीहरु तथा शिक्षकशिक्षिका रहेको प्रक्षिक्षणमा १३ जना सहभागीताले आ आफ्नो आइडिया पिचिंग प्रस्तुत गरेको थियो ।

विद्यार्थीहरुलाई स्वरोजगार तथा उद्यमशीलता तर्फ प्रोत्साहन गर्ने लक्ष्यका साथ आयोजना गरिएको उक्त विश्वविद्यालय अनुदान आयोग अन्तर्गत उद्यमशीलता सहयोग कार्यक्रममा वागीश्वरी कलेज समेत गरी १८ वटा कलेजहरु छनोट भएको थियो ।

विश्वविद्यालय अनुदान आयोगले उद्यमशील सहयोग कार्यक्रम मातहतमा सानो उद्यमीलाई ५ लाख रुपैयाँ, मझौला उद्यमीलाई २० लाख तथा ठूलो उद्यमीलाई ४० लाख रुपैया“सम्मको बिऊ पूजी प्रदान गरिने घोषण गरेको थियो ।

साथै ‘आइडा पिचिंग’ कार्यक्रममा सहभागीताहरुको योजना छनोटका निर्णायकहरुमा नेपाल घरेलु तथा साना उद्योग महासंघ, के.स.का सत्यनारायण प्रजापति, भक्तपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, भक्तपुर नगरपालिका तर्फका प्रतिनिधि रामसुन्दर सुजखु, स्रोतव्यक्ति जस्मिन कर्माचार्य तथा वागीश्वी कलेजका उपप्राध्यापक नविन प्रजापति रहनुभएको थियो ।

bagi idea 1

कार्यक्रमको अन्त्यमा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र मंगलेश्वर ध्वजुले पनि बोल्नुभएको थियो ।