ताजा अपडेट

ट्रेन्डिङ

वागीश्वरी माध्यमिक विद्यालयमा एजुकेशनल फिट २०८० सम्पन्न

Gyan Khabar

ज्ञानखबर

१२ साउन २०८०, शुक्रबार
328 पटक हेरिएको
वागीश्वरी माध्यमिक विद्यालयमा एजुकेशनल फिट २०८० सम्पन्न

वागीश्वरी माध्यमिक विद्यालय च्याम्हासिंहमा विद्यार्थीहरुबाट निर्मित शैक्षिक क्रियाकलापसँग सम्बन्धित एजुकेशनल फिट २०८० सम्पन्न गरेको छ ।

बिगतका वर्षहरुमा विज्ञान प्रदर्शनी गर्दै आएको बागीश्वरी माध्यमिक विद्यालयले यस बर्ष आफ्नो विद्यालयमा सन्चालित विभिन्न संकायहरुलाई पनि समेतेर एजुकेशनल फिटको आयोजना गरेको हो। जस अनतर्गत सो प्रदर्शनिमा कक्षा ९/१० का विद्यार्थीहरुको तर्फ बाट ३० वटा, कक्षा १२ मा अध्ययनरत विज्ञान सन्कायका विध्यार्थीहरु द्वारा २० वटा, टेक्स कार्यक्रमको तर्फबाट १६ तथा मानविकी, ब्यबस्थापन र शिक्षा सन्कायबाट १३ गरि जम्म ७९ वटा स्टलहरु रहेका थिए ।

उक्त कार्यक्रम्को उद्घाटन बि.ब्य. स. अध्यक्ष रबिन्द्र ज्याख्वोले गरेका थिए भने कार्यक्रममा +2 सन्योजक ज्ञान सागर प्रजापती, स.प्र. अ. उकेश सुवाल, कार्यक्रम सन्योजक निरु ताल्चाभदेल तथा प्र. अ. कृष्ण प्रसाद धन्छाले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको अवलोकन गर्नका लागी वडा नं. ९ मा अवस्थित विध्यालयहरु सरस्वती विध्यागृह, समाज सुधार मा वि, भिम आदर्श आ वि, दत्तात्रय आ वि तथा पारागन मा वि का बिध्यार्थिहरुको आगमन भएको थियो। बिहान आठ बजे देखि दिउँसो साढे तीन सम्म सन्चालित उक्त कार्यक्रमको समापन समारोहमा शिक्षकहरु नविन्द्र लाल कर्माचार्य , मंगलेस्वर धोजु तथा राम लक्ष्मी अवालले कार्यक्रमको बारेमा समग्र बिचार प्रस्तुत गरेका थिए ।