ताजा अपडेट

ट्रेन्डिङ

भीम आदर्शमा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण

Gyan Khabar

ज्ञानखबर

बुध, भदौ ६, २०८०
464 पटक हेरिएको
भीम आदर्शमा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण

भक्तपुर नगरपालिकाले विद्यालयहरुमा आँखा पाक्ने सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्ने निर्णय अनुसार बुधबार भीम आदर्श आधारभूत विद्यालयमा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण सम्पन्न भयो ।

उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ८ का सामुदायिक स्वास्थ्य वडा नर्स सन्दिपा नागाजूले डेङ्गु तथा आँखा पाक्ने रोग सम्बन्धी विद्यार्थी तथा शिक्षकहरुलाई सचेतना सम्बन्धी जानकारी दिनुभयो ।

उहाँले लाम्खुट्टेको टोकाईबाट बच्ने उपायको जानकारी दिँदै आँखा पाक्ने रोगबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका उपायहरुको चर्चा गर्नुभयो ।

गत भदौ ४ गतेदेखि ८ वडामा सुरु भएको सचेतना कार्यक्रम अन्तर्गत विद्यालयमा संचालन भएको उक्त सचेतना कार्यक्रममा वडा सदस्य सुमित्रा बोहजू तथा स्वास्थ्य स्वयम्सेवीका रत्नमाया खायमली लगायत कक्षा केजी देखि ७ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको छ ।