ताजा अपडेट

ट्रेन्डिङ

धुलाबारी क्याम्पसले पायो इन्जिनियरिङ अध्यापनको मान्यता

Gyan Khabar

ज्ञानखबर

मङ्ल, भदौ १९, २०८०
340 पटक हेरिएको
धुलाबारी क्याम्पसले पायो इन्जिनियरिङ अध्यापनको मान्यता

नेपाल इन्जिनियरिङ परिषद्ले झापाको धुलाबारी क्याम्पसलाई इन्जिनियरिङ अध्ययन तथा अध्यापनका लागि मान्यता दिएको छ ।

हालै पुर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन प्रदान गरेको धुलाबारी क्याम्पसलाई काउन्सिलले अस्थायी मान्यता प्रदान गरेको हो । योसँगै हालसम्म ५४ वटा क्याम्पसलाई यस्तो मान्यता दिएको काउन्सिलका रजिस्ट्रार शिवमंगल गिरीले जानकारी दिए ।

उनका अनुसार हालसम्म अस्थायी मान्यता प्राप्त गरेकामध्ये करिब ९ वटा क्याम्पस स्थायीमा परिणत भएका छन् ।

क्याम्पसहरुले इन्जिनियरिङ अध्ययन तथा अध्यापनका लागि पहिला सम्बन्धीत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्छन् । त्यसपछि परिषद्ले अस्थायी मान्यता दिन्छ । अस्थायी मान्यता पाएको ५ वर्षमा नै क्याम्पसहरुले स्थायी मान्यता पाउने गिरीले बताए ।

परिषद्ले उक्त क्याम्पसलाई बि.ई सिभिलमा ४८ जना विद्यार्थी भर्ना क्षमतासहित इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्न मान्यता दिएको हो ।

उनले नेपाल इन्जिनियरिङ परिषद् ऐन २०५५ को दफा २१ (क) ३ बमोजिम अस्थायी मान्यताको स्वीकृति प्रदान गरिएको जानकारी दिए ।

साथै पत्रकार सम्मेलन मार्फत धुलाबारी क्याम्पस प्रमुख पुष्पराज पौडेलले क्याम्पसलाई इन्जिनियरिङ अध्ययन तथा अध्यापनका लागि परिषद्ले मान्यता दिएको बताए । पुर्वाञ्चल विश्वविद्यालयले गत वर्ष भदौमा नै इन्जिनियरिङ अध्ययनका लागि सम्बन्धन दिइसकेको थियो ।

dhulabari campus nec