ताजा अपडेट

ट्रेन्डिङ

नेशनल कलेज अफ इन्जिनियरिङमा Machine Learning with Python तालिम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बिहि, अशोज २५, २०८०
1103 पटक हेरिएको
नेशनल कलेज अफ इन्जिनियरिङमा Machine Learning with Python तालिम सम्पन्न

ताल्छिखेल, सातदोबाटोस्थित नेशनल कलेज अफ इन्जिनियरिङमा Machine Learning with Python तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पद्मबहादुर शाहीले व्यावसायिक तालिमले शिक्षालाइ थप सबल बनाउने भन्दै शैक्षीक तथा औद्योगिक सहकार्य आवश्यक रहेको बताए ।

कलेजका प्रिन्सिपल पुरुषोत्तम श्रेष्ठले कलेजमा अध्यापनरत शिक्षकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप सो तालिम आयोजना गरिएको जानकारी दिए । साथै सो तालिमबाट सिकेको ज्ञानले अध्यापनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

व्रोडवे इन्फोसिस र नेशनल कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा सो तालिम भएको हो । तालिम प्रशिक्षक आयुष अधिकारीले दिएका थिए । भाइस प्रिन्सिपल प्रदिप अधिकारीले संचालन गरेको कार्यक्रममा व्रोडवे इन्फोसिसका उत्तम अधिकारी तथा प्रशिक्षार्थी सर्मिला बिष्टले पनि बोलेका थिए ।

python 1