ताजा अपडेट

ट्रेन्डिङ

भुलाँखेल बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, अशोज २८, २०८०
206 पटक हेरिएको
भुलाँखेल बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्न

मध्यपुर थिमि नपा ५, भुलाँखेल स्थित भुलाँखेल बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष ओमप्रकाश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमि भित्र सञ्चालित १ सय २८ सहकारी मध्ये झण्डै १ दर्जन सहकारीको बारेमा नपामा गुनासो आएकोले छानबिन भइरहेको जानकारी दिए ।

प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले समुदायमा आधारित स्थानीय व्यक्तिहरुद्धारा सञ्चालित भुलाँखेल साकोसले ६० वर्ष माथिका १ सय ३२ जना जेष्ठ शेयर सदस्यहरुलाई डिजीटल घडी सहित सम्मान गरेको कार्यको प्रशंसा गर्दै नपाले सहकारीको नियमन, अनुगमन पछि सर्वसाधारणको निक्षेप सुरक्षित हुने निश्चितता बढेको भन्दै शुभकामना मन्तव्य व्यक्त गरे ।

संस्थाका अध्यक्ष ओमप्रकास श्रेष्ठले वार्षिक प्रतिवेदन प्र्रस्तुत गर्दै शेयर सदस्यहरुको आर्थिक उन्नति, सामाजिक विकास, सांस्कृतिक उत्थानदेखि नेतृत्व संस्थाका सचिव कृष्णचन्द्र (अनिश) श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष रत्नमान शंखदेवले आर्थिक प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०७९/८० मा भुलाँखेल साकोसले १७ लाख १९ हजार ३ सय रुपैंया खुद बचत (नाफा) भएको जानकारी दिए ।

संस्थाका उपाध्यक्ष अनिल श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा ६० वर्ष माथिका १ सय ३२ जेष्ठ शेयर सदस्यहरुलाई उपहार सहित सम्मान गरिएको थियो । लेखा संयोजक विरकृष्ण श्रेष्ठले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा संस्थाका संचालक एवं ऋण उपसमितिका संयोजक रामचन्द्र श्रेष्ठले उपसमितिको प्रतिवेदन प्रस्तुत गर्दै शेयरपुँजी २ करोड ९१ लाख ३० हजार रुपैंया पुगेको जानकारी दिए ।