ताजा अपडेट

ट्रेन्डिङ

तुलसी लक्ष्मी खराल स्मृति अक्षयकोषको स्थापना

Gyan Khabar

ज्ञानखबर

बिहि, कार्तिक १६, २०८०
435 पटक हेरिएको
तुलसी लक्ष्मी खराल स्मृति अक्षयकोषको स्थापना

श्री मण्डली माध्यमिक विद्यालय, तानसेन नगरपालिका -१० तेल्घा, पाल्पामा तुलसी लक्ष्मी खराल स्मृति अक्षयकोषको स्थापना गरेको छ।

पूर्व विद्यार्थी भरतपुर महानगरपालिका वार्ड नं ४ का हिरामणी खरालले आफ्ना मातापिताको स्मृतिमा रू. ५१,१११/- को तुलसी लक्ष्मी खराल स्मृति अक्षयकोषको स्थापना गरेको हो । विद्यालयले आयोजना गरेको एक औपचारिक कार्यक्रममा उनले उक्त रकमको चेक विद्यालयका प्रधानाध्यापक राम बहादुर वि.क.लाई हस्तान्तरण गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एव‌ं कार्यक्रमका प्रमुख अतिथि चिन्त बहादुर कार्कीले बाल्यकालीन घटनाको स्मरण गर्नुको साथै विद्यार्थीलाई राम्रोसँग अध्ययन गर्न सुझाव दिए ।

विद्यालयका प्र.अ. राम बहादुर वि.क.ले आफ्नो पाँचौ कृति “किस्ता किस्तामा जिन्दगी” कवितासंग्रह सोही अवसरमा प्रमुख अतिथिलाई उपहारस्वरूप प्रदान गरे । शिक्षक वसन्त कार्कीले कार्यक्रम संचालन गरेका थिए ।

mandali 2