ताजा अपडेट

ट्रेन्डिङ

अत्याधिक चिसो बढ्नथालेपछि सिराहाका सामुदायिक विद्यालयहरु धमाधम बन्द

Gyan Khabar

ज्ञानखबर

मङ्ल, पुस २४, २०८०
214 पटक हेरिएको
अत्याधिक चिसो बढ्नथालेपछि सिराहाका सामुदायिक विद्यालयहरु धमाधम बन्द

सिरहामा लगातार चिसो बढ्न थालेपछि पालिकाहरूले सामुदायिक विद्यालयहरू धमाधम बन्द गर्न थालेका छ्न्। शितलहर तथा चिसोका कारण विद्यार्थीको स्वस्थ्यमा प्रतिकुल असरपर्ने भन्दै पालिकाहरूले विद्यालय बन्दको गर्ने सूचना जारी गर्न थालेका हुन्।

सिराहाको गोलबजार नगरपालिकाले आज मंगलबार सूचना जारीगर्दै बढ्दो शीतलहर तथा जाडोका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै २५ गतेदेखि विद्यालय बन्द रहने सूचनाजारी गरेको शिक्षा शाखा अधिकृत सुवोध कुमार लामा जनाएको छ। शिक्षा शाखा अधिकृत लामाले माघ २ गतेमात्र विद्यालय खुल्ने जनाएको छ।

चिसोले विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै लक्ष्मपुर पतारी गाउँ पालिकाले पनि आजबाट लागू हुनेगरी एक हप्ता जाडो विदा दिएको छ।

गाउँपालिकाका शिक्षा अधिकृत रामबालक पासमानले सोमबार सूचना जारी गर्दै मंगलबारदेखि लागू हुने गरी आगामी २ माघसम्म जाडो विदा दिइएको जनाएका छन्।

त्यसैगरी नगरहा गाउँ पालिकाले पनि विद्यालय जाडो विदा दिएको छ। पछिल्लो केही दिनयता बाक्लो हुस्सु र कुहिरोसँगै तापक्रम घटेपछि जनजीवन प्रभावित बन्दै आएको छ। बाक्लो हुस्सु र कुहिरो प्रायः दिउँसोसम्म लाग्ने गरेकाले जनजीवन प्रभावित बनेको हो।