ताजा अपडेट

ट्रेन्डिङ

विनायकमा स्पोर्ट्स फेट कार्यक्रम सुरु

Gyan Khabar

ज्ञानखबर

बिहि, माघ १८, २०८०
543 पटक हेरिएको
विनायकमा स्पोर्ट्स फेट कार्यक्रम सुरु

शिक्षा तथा खेलकुदका माध्यमबाट गुणस्तरीय तथा आत्मनिर्भर नागरिक तयार गर्ने उद्देश्य बोकेको विद्यालय विनायक शिक्षा निकेतन इङ्गिलस सेकेन्डरी स्कुल मध्यपुर थिमिले माघ १८ गतेदेखि माघ २१ गतेसम्म विनायक स्पोर्ट फेट कार्यक्रमको आयोजना गरेको छ । विद्यालयको इसीए विभागको संयोजनमा आयोजित उक्त कार्यक्रम विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले बेलुन उडाएर उद्घाटन गरेको थियो ।

विद्यार्थीहरुलाई चार समूहमा विभाजित गरी आयोजित उक्त कार्यक्रममा चारै स्थानमा विभिन्न खेलकुदहरू आयोजना गरिने विद्यालयका इ सि ए संयोजक शिवहरि प्रजापतिले जानकारी गराएको छ । सो उद्घाटन समारोहमा बोल्दै विद्यालयका प्रिन्सिपल प्रजापतिले खेलकुद र शिक्षा एकअर्काका पर्याय भएकोले अनुशासनको दायरा भित्र रही विद्यालयले गुणस्तरीय र आत्मनिर्भर नागरिक तयार गर्ने उद्देश्यका साथ समयानुकूल प्रगतिवादी सोचको शिक्षा प्रदान गरिरहेको धारणा व्यक्त गरे ।

सो कार्यक्रम व्यवस्थित गर्न सिनियर समूहलाई कमेरोटार पाँचगलमा, मिडिल समूहलाई सिद्धिकाली परिसरमा र प्राथमिक समूहलाई विद्यालयमै सञ्चालन गर्ने र खेलको प्रकृति अनुसार विभिन्न खेलमैदानमा विद्यार्थीहरुलाई लगिने कुरा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले जानकारी दिए ।