भक्तपुर मोडर्न ईङ्गलिस स्कुल र माेडर्न कलेज सिर्जनानगर भक्तपुरमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले खाद्य महोत्सव तथा विविध सांस्कृतिक कार्यक्रम र प्रदर्शनीको आयोजना गरेको छ । कक्षा ११ र १२ का होटल म्यानेजमेन्ट र बिजिनेस स्टडिजका विद्याथीहरूले आफूले अध्ययन गरेको सैद्धान्तिक विषयलाई व्यवहारमा उतारेका थिए ।
व्यापार व्यवसाय कसरी सञ्चालन गर्नुपर्दछ भन्ने प्रयोगात्मक सीप र अनुभवको लागि उक्त महोत्सव आयोजना गरिको थियो । उक्त महोत्सवमा नेपाली, नेवारी, कन्टिनेन्टल र चिनियाँ खाद्यपरिकारका स्टलहरू र अन्य तैयारी सामानका स्टलहरू राखिएका थिए । विद्यार्थीहरूले कलेजबाट प्रदान गरेको तालिम प्राप्त गरेर उक्त खाद्य सामाग्रीका परिकारहरू तयार पारेका थिए ।
यस कार्यक्रममा ब्राह्मण,क्षत्रिय समुदायमा प्रचलित गुन्युचोली, मैथिली, तामाङ , गुरु समुदायमा प्रचलित विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए । यसका साथै ती जाति र संस्कृतिसँग सम्बन्धित विभिन्न सामग्रीहरू प्रदर्शनीमा राखिएका थिए ।
प्रचुर मात्रामा मनोरञ्जन दिलाउन सकियोस् भनी कम्प्युटरका विद्यार्थीहरूले विभिन्न किसिमका विद्युतीय खेल र सांगीतिक कार्यक्रम आयोजना गरिएका थिए । उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावकहरू, विभिन्न स्कुलका विद्यार्थी, शिक्षक, प्रिन्सिपल र सृजना नगरका बासिन्दाहरूको बाक्लो उपस्थिति थियो । उनिहरूले प्रदर्शनीमा राखिएका सामग्रीहरू अवलोकन गर्नुका साथै मिठो मानी मानी खानाहरूकाे आस्वादन गर्नुभई कार्यक्रमकाे प्रशंसा गरेका थिए ।
मोडर्नमा खाद्य महोत्सव तथा सांस्कृतिक प्रदर्शनीको उद्घाटन कार्यक्रमका अध्यक्ष मोडर्न स्कुल तथा कलेजका संस्थापक अध्यक्ष बाबुकाजी कसपाल, प्रमुख अतिथि माननीय बागमती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईँ, विशिेष अतिथि कन्फ्युसियस इन्स्टिट्युुट अफ काठमाडौँ युनिभर्सिटीका निर्देशक प्रोफेसर डाक्टर ली र हिसान भक्तपुरका अध्यक्ष एबम् मोडर्न कलेज र स्कुलका प्राचार्य अनिल कसपालले संयुक्त रूपमा गरिएको थियो ।
प्याब्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र तुबन्जा श्रेष्ठ, इसान भक्तपुर अध्यक्ष कृष्णराम त्वयनाबासु, नपली सृजना सेवा समाजका अध्यक्ष नारायण प्रसाद काेइराला, हिसान प्याब्सन भक्तपुरका वरिष्ठ उपाध्यक्ष तथा माेडर्न बाेर्डिङ्ग स्कुलका प्रिन्सिपल राजन कसपाल, हिसान भक्तपुरका काेषाध्यक्ष स्याम मानन्धर, भक्तपुर माेडर्न ईङ्गलिस स्कुल व्यवस्थापन समितिका सदस्य एवम् भक्तपुर नगरपालिका वडा नं १ सदस्य सूर्य प्रसाद श्रेष्ठ ,अर्का स्कुल व्यवस्थापन सदस्य हिरा निराैला, विभिन्न स्कुलहरूबाट प्रिन्सिपल, शिक्षक, विद्यार्थी र सृजना नगरका बासिन्दाहरूकाे बाक्लो उपस्थितिमा उक्त कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियाे ।
उक्त महाेत्सवमा विद्यार्थीहरूले तयार गरेका सामाग्रीहरू पूर्णरूपमा विक्री गरी लगानीको प्रतिफल राम्रोसँग फिर्ता पाउन सफल भएको कुरा महाेत्सवमा व्यवसाय गरेका विद्यार्थीहरूले जानकारी गराएका थिए । माेडर्न स्कुल र कलेजका प्राचार्य अनिल कस्पालले यस्तो कार्यक्रम माेडर्नले हरेक वर्ष गर्ने गरेको बताए ।