ताजा अपडेट

ट्रेन्डिङ

मोरङ क्याम्पसको व्यवस्थापन संकायको निर्देशकमा डा.सुवेदी नियुक्त

Gyan Khabar

ज्ञानखबर

बिहि, फाल्गुन १७, २०८०
185 पटक हेरिएको
मोरङ क्याम्पसको व्यवस्थापन संकायको निर्देशकमा डा.सुवेदी नियुक्त

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको विशेष शैक्षिक कार्यक्रम अन्तर्गत व्यवस्थापन संकायको निर्देशकका डा.मोहन सुवेदी नियुक्त हुनु भएको छ ।

मोरङ क्याम्पस व्यवस्थापन कार्यसमितिले सुवेदीलाई व्यवस्थापन संकायतर्फको निर्देशकमा नियुक्त गरेको हो । बीबीए कार्यक्रमको निर्देशक सुवेदीलाई व्यवस्थापन संकायको जिम्मेवारी दिइएको छ ।

सुवेदीलाई संकायको निर्देशकको जिम्मेवारी दिएपछि बीबीए कार्यक्रमको उपनिर्देशकको जिम्मेवारी डा.शिवचन्द्र चौधरीलाई दिइएको छ । यसैगरी बीबीएमको उपनिर्देशकमा इन्द्रनारायण देवलाई नियुक्त गरिएको छ ।

विशेष शैक्षिक कार्यक्रम निर्देशिका अनुसार मोरङ क्याम्पसमा सेमेस्टर प्रणालीका पाँच शैक्षिक कार्यक्रम सञ्चालन छन् । साविक शैक्षिक कार्यक्रमहरुको विभागिय प्रमुखहरुको जिम्मेवारी क्याम्पस प्रमुखले तोक्न पाउने प्रावधान छ । विशेष शैक्षिक कार्यक्रम अन्तर्गत शैक्षिक कार्यक्रमका निर्देशकहरुको जिम्मेवारी क्याम्पस व्यवस्थापन कार्यसमितिले नियुक्त गर्दछ ।