“मूल्य उन्मुख शैक्षिक वातावरण: समग्र लालझाडीको आवरण” भन्ने मुल नाराका साथ कंचनपुरको लालझाडीमा पढाइ मेला २०८० एवम बिज्ञान प्रदर्शनी तथा पढाइ प्रतियोगिता सम्पन्न भएको छ ।
लालझाडी गाउँपालिकाको उपाध्यक्ष सपना चौधरी रानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रम बैजनाथ माध्यमिक विद्यालयका अध्यक्ष बिर्मा देबि बोहराको सभापतित्वमा थियो ।
पढाइ मेलामा पालिका भित्रका १५ विद्यालयहरुको सहभागीता रहेको थियो । मेलामा सहभागी बिधालयहरुले बिज्ञान प्रदर्शनी समेत देखाएका थिए । बिज्ञान प्राविधि तर्फ त्रिनेत्र एजुकेसनल एकेडमी प्रथम, भानु मावि दोस्रो, सरस्वती मावि तेस्रो तथा शारदा मावि नौरङाले चौथो स्थान हासिल गरेको थियो ।
पढाइ मेलामा छात्र तर्फ हेवन पर्ल वर्ड एकेडमीका सुमित राना प्रथम, स्वतन्त्र माविका शिबम राना दोस्रो, बैजनाथ बालज्योती आविका योगेन्द्र नाथ तेस्रो र सरस्वती माविका बिबेक चौधरीले चौथो स्थान हासिल गरे । छात्रा तर्फ रामेश्वर माविका रोमिका चौधरी प्रथम, बैजनाथ माविका सरस्वती राना दोस्रो, हेवन पर्ल वर्ड एकेडमीका रोश्नी राना तेस्रो र जनचेतना आविका प्रतिभा बोहराले चौथो स्थान हासिल गरे ।
कार्यक्रममा भानु माद्यामिक विद्यालयका प्रधानाध्यापक बेद प्रकास उपाध्याय, सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक तारामणि न्यौपाने, बैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश राज जोशी, लालझाडि गाउँपालिका शिक्षा युबा तथा खेलकुद शाखाका प्रमुख सिद्धराज भट्टले बोलेका थिए ।
कार्यक्रममा लालझाडी गाउँपालिकाका शिक्षा युबा तथा खेलकुद शाखाका प्राबिधिक सहायक कुबेर बहादुर बमले शुभकामना मन्तव्य राखेका थिए ।
बैजनाथ माध्यमिक विद्यालयका प्राधानाध्यापक गणेश राज जोशीले स्वागत गरेको कार्यक्रमको संचालन सोहि विद्यालयका शिक्षक चन्दर रानाले गरेका थिए ।