ताजा अपडेट

ट्रेन्डिङ

विद्यार्थी र अभिभावकको रोजाइमा आदर्श आजाद मावि

Gyan Khabar

ज्ञानखबर

बिहि, बैशाख ६, २०८१
789 पटक हेरिएको
विद्यार्थी  र अभिभावकको रोजाइमा आदर्श आजाद मावि

भक्तपुरमा रहेका उत्कृष्ट विद्यालयहरू मध्ये एक परिचित नाम भेलुखेलस्थित आदर्श आजाद माध्यमिक विद्यालय हो, जुन वि. सं. २०१६ सालमा स्थापना भएको थियोे ।

विद्यालयको भौतिक पूर्वाधार, व्यवस्थित र विद्यार्थीमैत्री कक्षाकोठाहरू एवं पुस्तकालय, विज्ञान प्रयोगशाला, गणित विषयका शैक्षिक सामग्री कक्ष आदिको सुविधा रहेको र विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शैक्षिक र अतिरिक्त क्रियाकलाप गराउँदै आएको छ ।

aadarsha aazad5

प्रधानाध्यापक श्रीकृष्ण किसीका अनुसार विद्यालयले हासिल गरेको उत्कृष्ट नतिजा, विद्यालयको शैक्षिक वातावरणजस्ता कारण विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढेको देखिन्छ । यस शैक्षिक सत्रदेखि प्रवेश परीक्षा साथै विद्यार्थी र अभिभावकको उपस्थितिमा अन्तरवार्ता पछि मात्र विद्यार्थी भर्ना लिइरहेका छाैं ।

aadarsha aazad4

विद्यार्थीको सिकाइस्तर वृद्धि गर्नका लागि प्रत्येक परीक्षामा प्राप्ताङ्कको प्रक्षेपण गराउने, शिक्षकहरू बीच असल अभ्यासको आदानप्रदान गराउने, विद्यालय व्यवस्थापन समितिको पहलमा मनोपरामर्श कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीको नियमित अनुगमनगरि आवश्यक पृष्ठपोषणसहित सिकाइ दिगो बनाउने योजना रहेको विद्यालयले जनाएको छ ।

aadarsha aazad6

aadarsha aazad2