भक्तपुर दुधपवटीस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १२ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्र रमण सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा वर्षभरि केन्द्रले गरेका प्रगति विवरण कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै सांसदद्वय प्रेम सुवाल र दुर्लब थापाले मानब अंग प्रत्यारोपण केन्द्रको विकास र विस्तारमा आफू सधैँ प्रतिवद्ध रहेको र केन्द्रको लागि आवश्यक जग्गा तथा भौतिक पूर्वाधार लगायतका विषयमा सदन र सरकारमा आवज उठाउने र केन्द्रले गरेको कामको प्रसंशा गर्नुका साथै केन्द्रमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको सहयोग र साथले यस किसिमको सफलता प्राप्त भएकोमा सम्पुर्ण कर्मचारीहरुलाई शुभकामना तथा बधाई दिए ।
कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्रले केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्स प्राविधिक कर्मचारी, प्रशासनिक कर्मचारी, सुरक्षा गार्ड, सरसफाइका कर्मचारीहरुको निरन्तरको प्रतिवद्धता र योगदानबाट मात्र संभव भएको कुरा बताउनु हुँदै १२ औं वार्षिक उत्सवको अवसरमा सबैलाई शुभकामना दिए ।
कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्र रमण सिंहले केन्द्र स्थापना देखि यसको विकासका लागि आफू निरन्तर सकरात्मक रहेको र आवश्यक सहयोग गरि रहेको र केन्द्रले पनि प्रत्यारोपण क्षेत्रमा स्थापनाको १२ वर्षमा नै यति ठूलो प्रगति गरेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट केन्द्रमा कार्यरत सम्पूर्ण कर्मचारी तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा केन्द्रलाई सहयोग गर्ने महानुभावलाई धन्यवाद व्यक्त गरे । केन्द्रको विकासको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रतिवद्द रहेको कुरा बताए ।
कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री रोशनी कुमारी श्रेष्ठ, मृगौला पिडित समाजका अध्यक्ष झमक श्रेष्ठ र श्री मृगौला पिडित सरोकार समाजका संस्थापक अध्यक्ष बलराम सुबेदीले बोलेका थिए ।
उक्त समाहरोहमा केन्द्रमा कार्यरत कर्मचारीहरु मध्ये २०८० सालमा उत्कृष्ट सेवा गरे बापत सिनियर रजिष्ट्रार युरोलोजिष्ट तथा मृर्गौला प्रत्यारोपण सर्जन डा. दिपेश श्रेष्ठलाई सर्वाेत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो । उक्त कार्यक्रममा विरामीहरुको तर्फबाट झमक श्रेष्ठले केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ र प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिष्ट डा. कल्पना कुमारी श्रेष्ठलाई सम्मान गरिएको थियो ।