ताजा अपडेट

ट्रेन्डिङ

सुदूरपश्चिम विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी रुड्‌की बिच सम्झौता

Gyan Khabar

ज्ञानखबर

६ साउन २०८१, आईतबार
279 पटक हेरिएको
सुदूरपश्चिम विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी रुड्‌की बिच सम्झौता

सुदूरपश्चिम विश्वविद्यालय (FWU) र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी रुड्की(IITR) बिच शैक्षिक र अनुसन्धानात्मक सहकार्यलाई सुदृढ गर्न द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी रुड्कीका निर्देशक प्रा.डा.के.के.पन्तले हस्ताक्षर गरे ।

उक्त द्विपक्षीय समझदारीले विश्वविद्यालयमा सञ्चालित प्राविधिक विधाका विषयको अध्ययन अनुसन्धानमा महत्त्वपूर्ण योगदान पुग्ने उपकुलपति प्रा.डा. हेमराज पन्तको ठहर छ ।

विश्वविद्यालयले निकट भविष्यमा इन्जिनियरिङ तर्फ स्नातक तहमा आर्किटेक्चर विषय र स्वास्थ्य विज्ञान सङ्काय अन्तर्गत स्नातक तहमा वि एसी नर्सिङ र बिपिएचका कक्षाका साथै स्नातकोत्तर तहमा आटिफिसियल इन्टीलिजियन्स तथा डेटा साइन्समा अध्यापन गर्ने पूर्व तयारी थालेको डा. पन्तले जानकारी गराए ।

विश्वविद्यालयले मानविकी तथा समाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, विज्ञान तथा प्रविधि गरी चार वटा सङ्काय अन्तर्गत साधारण विधातर्फ स्नातक, स्नातकोत्तर, तहका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

अनुसन्धान तहमा एमफिल र पिएडी सम्मका शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन् ।