ताजा अपडेट

ट्रेन्डिङ

समकक्षता प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन

Gyan Khabar

ज्ञानखबर

बुध, साउन ९, २०८१
546 पटक हेरिएको
समकक्षता प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन

शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयद्वारा समकक्षताको प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन गरेको छ ।

मन्त्रालयका प्रबक्ता सह–सचिब केशबप्रसाद दाहालका अनुसार मन्त्रालय अन्तर्गत पाठ्यक्रम बिकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा भएगरेका काम कारबाही सम्बन्धमा र प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, लाग्ने दस्तुरलगायतका बिषयमा छानबिन गर्न सो समिति गठन गरिएको हो ।

शिक्षा तथा मानब स्रोत बिकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा गठित तीन सदस्यीय समितिलाई सुझाबसहितको प्रतिबेदन पेश गर्न मन्त्रीस्तरीय निर्णयअनुसार ७ दिनको समयसीमा दिएको छ ।