ताजा अपडेट

ट्रेन्डिङ

नौलोज्योति स्कुलद्धारा एसइई उतीर्णहरुलाई सम्मान

Gyan Khabar

ज्ञानखबर

आइत, साउन २०, २०८१
239 पटक हेरिएको
नौलोज्योति स्कुलद्धारा एसइई उतीर्णहरुलाई सम्मान

मध्यपुर थिमि नगरपालिका वडा नं. ४ बप्पास्थित नौलोज्योति अंग्रेजी स्कुलद्धारा श्रावण १९ गते शनिबार एसइई बधाई एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

नौलोज्योति अंग्रेजी स्कुल व्यवस्थापन समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता दुर्गामोहन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन गर्दै मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठले शिक्षाको गुणस्तरीय विकास र विस्तारमा नौलोज्योति स्कुलको ठुलो योगदान रहेको बताए ।

नगरप्रमुख श्रेष्ठले आफू पनि उक्त स्कुलमा अध्ययन गरेको स्मरण गर्दै न्यूनशुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको नौलोज्योति स्कुलले हालसम्ममा सयौं दक्षजनशक्ति उत्पादन गरिसकेको भन्दै एसईई उत्तीर्ण सबै विद्यार्थीहरुलाई शुभकामना दिँदै मथिनपाले शिक्षा र स्वास्थ्यको साथै सम्पदा संरक्षण र पुनर्निर्माणलाई निरन्तरता दिएको बताए ।

कार्यक्रमका विशेष अतिथि मथिनपा वडा नं. ४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले मध्यपुर थिमि भेगकै पुरानो संस्थागत विद्यालय मध्य नौलोज्योति स्कुलले गुणस्तरीय शिक्षाका साथै जनताका अधिकारबारे पनि विद्यार्थीहरुलाई सचेत बनाएको धारणा व्यक्त गरे ।

कार्यक्रममा नौलोज्योति स्कुलका प्रिन्सिपल शिवकृष्ण श्रेष्ठले मेधावी विद्यार्थी, लगनशील शिक्षक समूह, सहयोगी अभिभावकका कारण स्कुलले शैक्षिक, सामाजिक, सांस्कृतिक लगायतका ज्ञान दिएर दक्ष जनशक्ति उत्पादन गरिरहेको बताए । प्रिन्सिपल श्रेष्ठले किताबी ज्ञानका साथै व्यवहारिक, प्रयोगात्मक र अतिरिक्त क्रियाकलाप मार्फत प्रतिस्पर्धि नागरिक तयार पार्न नौलोज्योति स्कुल निरन्तर क्रियाशील रहेको जानकारी दिए ।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठले एसईई २०७५ देखि २०८० सम्ममा सफल भएका सबै विद्यार्थीहरुलाई रातो टिका, खादा, पदक, प्रमादपत्र एवं पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमका सभापति दुर्गामोहन श्रेष्ठले न्युनशुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको नौलोज्योति स्कुलमा न्यून अनि मध्यम वर्गका विद्यार्थीहरु पनि उल्लेख्य मात्रामा अध्ययनरत रहेको बताए । शिक्षा, सचेतना, सीप मार्फत अनुशासित, चरित्रवान प्रतिस्पर्धी नागरिक तयार गर्नु नौलोज्योति स्कुलको उद्देश्य रहेको सभापति श्रेष्ठले बताए ।

njs

कार्यक्रममा स्कुलका वरिष्ठ शिक्षकहरु राजेन्द्र सिग्देल र सुशीला श्रेष्ठले संस्कारयुुक्त शिक्षामा नौलोज्योति स्कुल निरन्तर क्रियाशील रहेको भन्दै पढाईसँगै अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीहरुको व्यक्तित्व, नेतृत्व अनि सीप विकासलार्य पनि प्राथमिकता दिएको जानकारी दिए ।

शिक्षिकाद्धय सीता बस्नेत, मनिता श्रेष्ठले संचालन गरेको उक्त कार्यक्रममा नेपाली, नेवारी, तामाङ, मैथिली लगायतका भेषभूषामा सजिएका विद्यार्थीहरुद्धारा आकर्षक नृत्य प्रस्तुत गरिएको थियो ।

njs1

njs3

कार्यक्रममा पूर्वविद्यार्थीहरु अनितमणि भण्डारी, स्वस्ति चापागाईं लगायतले नौलो ज्योति स्कुलले गुणस्तरीय शिक्षाका साथै असल संस्कार सिकाएका कारण आफूहरु जीवनमा सफल भइरहेको धारणा राखे ।