ताजा अपडेट

ट्रेन्डिङ

कौस्तुभ एकेडेमीमा सोनु श्रेष्ठ स्मृति छात्रवृत्ति वितरण

Gyan Khabar

ज्ञानखबर

आइत, भदौ ९, २०८१
788 पटक हेरिएको
कौस्तुभ एकेडेमीमा सोनु श्रेष्ठ स्मृति छात्रवृत्ति वितरण

पेप्सिकोला, काठमाडौं स्थित कौस्तुभ एकेडेमीमा “सोनु श्रेष्ठ स्मृति छात्रवृत्ति घोषणा तथा वितरण” कार्यक्रम सम्पन्न भएको छ ।

कौस्तुभ एकेडेमीमा अध्ययनरत रहँदाको समयमा असामयिक दिवङ्गत भएका सोनु श्रेष्ठको स्मृतिमा परिवार तथा विद्यालयको सहकार्यमा सोनु श्रेष्ठको स्मृतिमा छात्रवृत्ति प्रदान गरिएको हो ।

कार्यक्रममा माननीय गगनकुमार थापाको प्रमुख आतिथ्यमा यस विद्यालयबाट यस बर्ष कक्षा १० को एसइई परीक्षा २०८० को परीक्षामा ४ जिपिए ल्याउन सफल आयुषा श्रेष्ठ तथा कक्षा १२ को SLC परीक्षा २०८० को परीक्षामा ३.७५ जिपिए ल्याउन सफल निरज श्रेष्ठलाई जनही रु ५१,१११/- का दरले छात्रवृत्ति प्रदान गरिएको थियो ।

1724585741170

कार्यक्रमका विशेष अतिथि सह-प्राध्यापक डा. गोबिन्द प्रसाद गुराँगाई, कोटेश्वर क्याम्पस प्रमुख गोबिन्द बहादुर कार्की र फेका अध्यक्ष श्रीराम दाहाल लगायतका अतिथिहरूको उपस्थिति रहेको थियोे ।