ताजा अपडेट

ट्रेन्डिङ

विद्यालय स्तरिय प्रथम खुल्ला लोक नृत्य संग्राम सम्पन्न, एमेनिति स्कूलका स्मारिका प्रथम

Gyan Khabar

ज्ञानखबर

शनि, भदौ २९, २०८१
1193 पटक हेरिएको
विद्यालय स्तरिय प्रथम खुल्ला लोक नृत्य संग्राम सम्पन्न, एमेनिति स्कूलका स्मारिका प्रथम

भक्तपुरको सूर्यविनायकस्थित एजे सेकेण्डरी स्कूलले राष्ट्रिय बाल दिवस २०८१ अवसरमा आयोजना गरेको विद्यालय स्तरिय प्रथम खुल्ला लोक नृत्य संग्राम २०८१ भव्यताका साथ सम्पन्न भएको छ।

विद्यालयका प्रिन्सिपल कृष्णराम दुवालले विभिन्न विद्यालयवाट पाल्नु भएका सहभागी छात्रछात्राहरू लगाएत अगन्तुकहरूलाई स्वागत मन्तव्यवाट स्वागत गर्दै शुरू भएको सो संग्राममा आयोजक विद्यालयका सहित ५८ जना छात्रछात्राहरू सहभागीले भाग लिएका थिए ।

राष्ट्रिय वाल दिवस २०८१ को अवसर पारेर मौलिक कला संस्कृतिको संरक्षण र संस्कृतिलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्ने र लोकनृत्य तथा सांस्कृतिक भेषभुसालाई नयाँ पुस्तामाझ फरक तरिकाबाट आत्मसात गराउने उद्देश्य रहेको संग्राममा सहभागीहरुले विभिन्न लोकभाका तथा गीतहरूमा एकल लोक नृत्य प्रस्तुत गरेको थियो ।

दुई चरणमा भएको सो प्रतियोगिताको प्रथम चरणमा सहभागीहरुलाई आआफ्नो खुबी देखाउन ४० सेकेण्डको मौका दिईएको र त्यसबाट छनौट भएका ३२ जना प्रतियोगीहरुलाई दोस्रो चरणमा एक अर्का विरूद्ध संग्राम गराईएको थियो । दुवै चरणमा आयोजकले उपलब्ध गराएको गीतमा प्रतियोगीहरुले पालैपालो आआफ्नो नृत्य प्रस्तुत गरेका थिए ।

0 02 03 82855f5a80e320b303a6093f6f2ab851832a5a936139e11098d15275ce15f4cb cd220b20bd8511a8

झण्दै ५ घण्टा सम्म चलेको सो संग्राममा Amenity English Secondary School, कौशलटार थिमिका छात्रा स्मारिका प्रसाई प्रथम हुन सफल भएका थिए भने दोस्रो Blue Bird English Secondary School, ताहचल ललितपुरका छात्रा विजेता अधिकारी, तेस्रो Devi Secondary School, सौडोल, चांगुनारायण नपा का छात्रा एलिना मगर र Amenity English Secondary School कै छात्रा साईना थापाले सान्वना पुरस्कार प्राप्त गरेका थिए ।

459507372 1548824519353404 5516490556904520325 n

विद्यालयको संचालक समितिका अध्यक्ष राम प्रसाद कुस्मा र प्रिन्सिपल कृष्ण राम दुवालले विजेताहरूलाई ट्रफी, प्रमाणपत्र, नगद पुरस्कार र गिफ्ट हाय्म्पर प्रदान गर्नुभएको थियो । विद्यालयको संचालक समितिका अध्यक्ष राम प्रसाद कुस्माले धन्यवाद गर्नु भएको सो कार्यक्रमको संचालन विद्यालयका शैक्षिक निर्देशक कृष्ण बहादुर प्रजापतिले गर्नुभएको थियो ।

साथै कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने निर्णायक मण्डल, डिजे, मिडिया लगायत सम्पूर्ण सहयोगी हातहरूलाई हार्दिक कृतज्ञताका साथ मायोको चिनो प्रदान गरिएको थियो ।

0 02 03 169ab4bc26460af19fa1cc2e18d6d2ad01deb60dbe4e574256b0ebe6dc84dc15 3bc895554a9a2d67