ताजा अपडेट

ट्रेन्डिङ

नक्‍कली प्रमाणपत्र पेश गरेर नियुक्ति लिएका इन्जिनियर चौधरीविरुद्ध मुद्धा दायर

Gyan Khabar

ज्ञानखबर

सोम, भदौ ३१, २०८१
687 पटक हेरिएको
नक्‍कली प्रमाणपत्र पेश गरेर नियुक्ति लिएका इन्जिनियर चौधरीविरुद्ध मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामधुनी नगरपालिका, सुनसरीमा इन्जिनियर पदमा कार्यरत देवेन्द्र नारायण चौधरीले नक्‍कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको विषयमा मुद्धा दायर गरेको छ ।

अख्तियारले चौधरीले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्ली, भारतबाट प्राप्त गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा भएको प्रमाणित भएकोले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसार सजाय मागदाबी गर्दै सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।