ताजा अपडेट

ट्रेन्डिङ

शिक्षा पत्रकार समाजको अधिवेशन सम्पन्न, अध्यक्षमा सापकोटा र महासचिवमा तण्डुकार

Gyan Khabar

ज्ञानखबर

बिहि, अशोज ३, २०८१
919 पटक हेरिएको
शिक्षा पत्रकार समाजको अधिवेशन सम्पन्न, अध्यक्षमा सापकोटा र महासचिवमा तण्डुकार

शिक्षा पत्रकार समाजको चौथो वार्षिकोत्सव तथा दोस्रो अधिवेशन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

सो अवसरमा शिक्षामन्त्री भट्टराईले विद्यालय शिक्षा विधेयक, २०८१ छिटो ल्याउन पहल भइरहेको, निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ कार्यान्वयको प्रक्रिया सुरु भएको र शिक्षक दरबन्दी मिलानसम्बन्धी कार्यदल गठनको तयारीमा रहेको जानकारी दिए ।

d WAqnon

कार्यक्रममा शिक्षाविद् प्रा. डा. वासुदेव काफ्ले, नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारी, सिन्धुलीको गणेश माविका व्यवस्थापन समितिका अध्यक्ष विमला विश्वकर्मा, कैलालीको कलम बल मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल, युवराज बम, आसमान नेपालका सञ्चालक सदस्य रेखा यादवलाई सम्मानित गरिएको थियो । साथै गोरखापत्र दैनिकका शिक्षा पत्रकार सूर्यप्रसाद पाण्डेलाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

GH 2T5CQ

समाजको दोस्रो अधिवेशनबाट नेपाल टेलिभिजनमा कार्यरत पत्रकार देवीप्रसाद सापकोटाका अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा मतिना त्वानावसु, महासचिवमा श्याम तण्डुकार, उपमहासचिवमा बालमुकुन्द आचार्य, सचिवमा लक्ष्मीप्रसाद ढकाल, कोषाध्यक्षमा यशोदा अधिकारी चयन भएको छ ।

यसैगरी सदस्यमा सुरेश यादव, सुनील आचार्य, विपिन पोखरेल, शर्मिला विश्वकर्मा, रमेश लामिछाने र पुष्पा अधिकारी निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक रामहरि सिलवालले घोषणा गरे ।