ताजा अपडेट

ट्रेन्डिङ

धनगढीमा चैत २८ गतेदेखि क्याम्पस स्तरीय फुटसल कप हुने

Gyan Khabar

ज्ञानखबर

बुध, चैत्र २१, २०८०
267 पटक हेरिएको
धनगढीमा चैत २८ गतेदेखि क्याम्पस स्तरीय फुटसल कप हुने

धनगढीमा चैत २८ गतेदेखि क्याम्पस स्तरीय फुटसल कप हुने भएकाे छ। 

चैत २८ गतेदेखि ३० गतेसम्म ऐश्वर्य विद्यार्थी समाजकाे आयाेजनामा वडा नम्बर ५ अध्यक्ष दाेस्राे एएमसी फुटसल लिगकाे आयाेजना गरिएकाे हाे । 

प्रतियोगिताकाे प्रथम पुरस्कार ५१ हजार ट्रफि मेडल तथा प्रमाणपत्र, द्वितीय पुरुस्कार नगद २५ हजार ट्रफि मेडल तथा प्रमाणपत्र र तृतीय पुरुस्कार नगद १५ हजार रहेकाे समाजका अध्यक्ष महेश राज जाेशीले बताए । 

यसैगरी उत्कृष्ट उत्कृष्ट खेलाडी, गोलरक्षक र राइजिङ खेलाडीलाई नगद तथा ट्रफि प्रदान गरिने पनि अध्यक्ष जाेशीले बताए।  

टिम दर्ताका लागि ७ हजार लाग्ने टिम दर्ता गर्ने अन्तिम मिती  चैत २६ गते दिउसो ४ बजे सम्म मात्र रहेकाे आयाेजकले बताएकाे छ । प्रतियोगिता फल्याटल्यान्ड फुटसलमा चैत २८ गते बिहान ८ बजेदेखि सुरु हुने छ।