ताजा अपडेट

ट्रेन्डिङ

विनायकमा योमरी महोत्सव तथा शैक्षिक प्रदर्शनी

Gyan Khabar

ज्ञानखबर

बुध, मंसिर १७, २०८२
159 पटक हेरिएको
विनायकमा योमरी महोत्सव तथा शैक्षिक प्रदर्शनी

मध्यपुर थिमीस्थित विनायक शिक्षा निकेतनमा स्थानीय पाठ्यक्रम अनुसार विद्यार्थी भाइबहिनीहरूलाई स्थानीय संस्कृति चाडपर्वको बारेमा व्यवहारिक ज्ञान दिने उद्देश्यले योमरी महोत्सव आयोजना गरेको छ।

विशेष गरेर नेवार समुदायमा धाने पूर्णिमाको दिन मनाइने योमारि पुनहिमा सबैको घरघरमा चामलको पिठोबाट विशेष प्रकारको रोटी बनाई धनको देवता कुबेरको पूजाआजा गरी परिवार मिलीजुली योमरी खाने चलन नेवार समुदायमा रहेको छ।

विनायक शिक्षा निकेतनमा स्थापनाकालदेखि नै विद्यार्थी भाइबहिनीहरूलाई गुणस्तरीय शिक्षाको साथसाथै विद्यार्थी भाइबहिनीहरू लाई विविध शैक्षिक क्रियाकलापहरूमा सहभागी गराउँदै उनीहरू लाई व्यवहारिक ज्ञान र सीपहरू प्रदान गर्दै आइरहेको छ। विद्यार्थी भाइबहिनीहरूले आफ्नो पठनपाठनका साथै विविध शैक्षिक सामग्रीहरु आफैले उत्पादन गर्दै पठनपाठनलाई सहज तुल्याउने भूमिका निर्वाह गर्दै आइरहेकोछ। यस शैक्षिक सत्रमा हालसम्म विद्यार्थी भाइबहिनीहरूले उत्पादन गरिएका शैक्षिक सामग्रीहरूको पनि प्रदर्शनी गरिएको हो।

आजको योमरी महोत्सव तथा शैक्षिक प्रदर्शनी कार्यक्रम अवलोकनको लागि अभिभावक शुभचिन्तकहरु र साथै विद्यार्थी शिक्षकहरूको सहभागिता रहेकोछ। अभिभावकज्यूहरूले विद्यार्थी भाइबहिनीहरूको शैक्षिक तथा सीप विकासको लागि आयोजना गर्ने यस्तो किसिमको शैक्षिक क्रियाकलापहरू प्रति बढी चासो लिने गरिएको विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिज्यूले बताए।