ताजा अपडेट

ट्रेन्डिङ

नागार्जुन अपेनको तेस्रो अधिवेशन सम्पन्न: अनिता काफ्लेको नेतृत्वमा नयाँ टिम

Gyan Khabar

ज्ञानखबर

सोम, पुस २८, २०८२
113 पटक हेरिएको
नागार्जुन अपेनको तेस्रो अधिवेशन सम्पन्न: अनिता काफ्लेको नेतृत्वमा नयाँ टिम

काठमाडौँको नागार्जुनमा ‘एसोसिएसन अफ प्री-स्कुल एजुकेटर्स नेपाल’ (अपेन) को तेस्रो नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। शिक्षा क्षेत्रमा नयाँ ऊर्जा र नवीन सोचका साथ अघि बढ्ने संकल्प गर्दै सम्पन्न यस अधिवेशनले आगामी दुई वर्षका लागि कोभिदा स्कुलकी अनिता काफ्लेको नेतृत्वमा ८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा स्मार्ट किडकी सविता घिमिरे, सचिवमा सम्पदा पाठशालाकी पुष्पा भडेल र कोषाध्यक्षमा चिल्ड्रेन अम्ब्रेलाकी रूपा बस्नेत पोखरेल चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा सुचिता शाक्य (मनास्लु स्कुल), दिपा थापा (ट्रस्ट एण्ड केयर), सृष्टि अर्याल (अंकुर द स्प्राउट) र मदन कुमार जोशी (स्विट हार्ट मोन्टेसोरी प्रिस्कुल) रहनुभएको छ। समितिको वरिष्ठ सल्लाहकारमा हाईड एण्ड सिक स्टडी पल्सका कुमुद भट्टलाई मनोनीत गरिएको छ।

अधिवेशनमा अपेनका केन्द्रीय अध्यक्ष बद्री प्रसाद दाहाल, केन्द्रीय वरिष्ठ उपाध्यक्ष रिता तिमिल्सिना, केन्द्रीय उपाध्यक्ष राज्य लक्ष्मी बैदार र केन्द्रीय महासचिव कृष्ण कुमार बोहोरा लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नवगठित समितिले सामूहिक प्रयासका माध्यमबाट पूर्व-प्राथमिक शिक्षाको क्षेत्रमा प्रभावकारी र प्रेरणादायी कार्य गर्ने लक्ष्य राखेको छ।