रियल ड्रिम्स एजुकेशन एण्ड माइग्रेसनले नेपाल राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली खेलाडी आसिफ शेखलाई आफ्नो नयाँ ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। काठमाडौंमा आयोजित एक भव्य समारोहका बीच दुई पक्षबीच औपचारिक सम्झौतामा हस्ताक्षर भएसँगै यस सहकार्यको सुरुवात भएको हो।
कार्यक्रमको औपचारिक सुरुवात गर्दै काठमाडौं शाखाकी प्रबन्धक दिव्या महर्जन प्रधानले स्वागत मन्तव्य राख्नुभएको थियो। उहाँले आसिफ शेखजस्तो अनुशासित र प्रेरणादायी खेलाडीसँगको सहकार्यले संस्थाको मूल्य र दृष्टिकोणलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। यस्तै, संस्थाका अध्यक्ष बसन्त नेपालले पठाउनुभएको विशेष सन्देश बिजनेस डेभलपमेन्ट म्यानेजर प्रियंका खनालले वाचन गर्नुभएको थियो। उक्त सन्देशमा अध्यक्ष नेपालले यो सहकार्यले हजारौँ नेपाली विद्यार्थीहरूलाई ठूलो सपना देख्न र मेहनतका साथ आफ्नो लक्ष्य प्राप्त गर्न ऊर्जा प्रदान गर्ने कुरामा जोड दिनुभएको छ।
नवनियुक्त ब्रान्ड एम्बासडर आसिफ शेखले रियल ड्रिम्स परिवारको हिस्सा बन्न पाउँदा खुशी व्यक्त गर्दै शिक्षा र खेलकुद दुवैमा अनुशासन र सही मार्गदर्शनको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई आफ्नो क्षमतामा विश्वास गर्न र अन्तर्राष्ट्रिय अवसरहरूको खोजीमा अगाडि बढ्न आफूले सधैँ प्रेरित गरिरहने प्रतिबद्धता समेत जनाउनुभयो।
समारोहमा बेलायतका प्रतिष्ठित विश्वविद्यालयहरू जस्तै यर्क सेन्ट जोन युनिभर्सिटीका कन्ट्री कोअर्डिनेटर सुनिल तुलाधर, द स्किल फर नेपालका वरिष्ठ प्रशिक्षक अमर सिंह, र युनिभर्सिटी अफ वुस्टरका एडमिसन अफिसर रोशन भट्ट लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। औपचारिक सम्झौता र हस्ताक्षर पश्चात सञ्चारकर्मीहरूसँगको विशेष प्रश्नोत्तर कार्यक्रमले समारोहलाई थप अर्थपूर्ण बनाएको थियो।
कार्यक्रमको समापन गर्दै बिजनेस डेभलपमेन्ट डाइरेक्टर अर्जुन पौडेल (शर्मा) ले उपस्थित सम्पूर्ण अतिथि र साझेदार संस्थाहरूप्रति आभार प्रकट गर्नुभयो। यो साझेदारी केवल एक व्यावसायिक सम्झौता मात्र नभई नेपाली विद्यार्थीहरूको शैक्षिक सपना साकार पार्ने एउटा बलियो माध्यम बन्ने अपेक्षा गरिएको छ।