ताजा अपडेट

ट्रेन्डिङ

प्रारम्भ एकेडेमीमा ‘ई सि ए मिट २०८२’ को भव्य शुभारम्भ

Gyan Khabar

ज्ञानखबर

आइत, माघ ४, २०८२
247 पटक हेरिएको
प्रारम्भ एकेडेमीमा ‘ई सि ए मिट २०८२’ को भव्य शुभारम्भ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ स्थित प्रारम्भ एकेडेमीले आफ्नो वार्षिक खेलकुद उत्सव “ई सि ए मिट २०८२” को एक विशेष समारोहका बीच भव्य शुभारम्भ गरेको छ। विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन र शारीरिक विकासलाई लक्षित गर्दै आयोजित यस ‘स्पोर्ट्स कार्निभल’ को उद्घाटन बागमती प्रदेश प्याब्सनका अध्यक्ष मुरारी प्रकाश सन्जेलले गर्नुभएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण अधिकारीको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन समारोहमा प्रमुख अतिथि सन्जेलले आकाशमा बेलुन उडाएर कार्यक्रमको विधिवत सुरुवात गर्नुभयो। सो अवसरमा विद्यार्थीहरूले खेलकुदसँग सम्बन्धित आकर्षक नाचगान, अनुशासित मार्च पास र परेड प्रस्तुत गरेका थिए। विशेषगरी स्काउटका विद्यार्थीहरूले देखाएको स्काउट सम्बन्धि विभिन्न साहसिक र कलात्मक प्रस्तुतिहरूले उपस्थित दर्शक तथा अभिभावकहरूको मन जितेको थियो।

आजदेखि सुरु भएको यो स्पोर्ट्स कार्निभल आगामी माघ ७ गतेसम्म चल्ने विद्यालय प्रशासनले जनाएको छ। यस अवधिभर विद्यार्थीहरूले कूल ९८ वटा विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापका विधाहरूमा आफ्नो कौशल प्रदर्शन गर्नेछन्। उत्कृष्ट प्रदर्शन गर्ने र विजेता बन्ने विद्यार्थीहरूलाई मेडल, ट्रफी तथा नगद पुरस्कारले सम्मानित गरिने योजना रहेको छ।

20260118 192945

कार्यक्रममा बोल्दै प्रधानाध्यापक कृष्ण गौतमले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि प्रारम्भ एकेडेमीले यस्ता अतिरिक्त क्रियाकलापलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीमा रहेको सुसुप्त प्रतिभालाई उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, विद्यालयका एकेडेमिक डाइरेक्टर राजेश घिमिरेले विद्यार्थी जीवनमा खेलकुदको महत्वमाथि प्रकाश पार्दै भन्नुभयो, “खेलकुदले विद्यार्थीलाई केवल शारीरिक रूपमा फिट मात्र राख्दैन, यसले उनीहरूलाई अनुशासित र समूहमा काम गर्न समेत सिकाउँछ। त्यसैले हरेक विद्यालयमा यस्ता गतिविधिहरू अनिवार्य हुनुपर्छ।”

20260118 193130

उद्घाटन समारोहमा विशेष अतिथिको रूपमा फेका (FECA) का अध्यक्ष रामेश्वर दाहाल लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरू तथा शिक्षाप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो। शिक्षा र खेलकुदलाई सँगसँगै लैजाने प्रारम्भ एकेडेमीको यो अभियानले विद्यार्थीहरूमा नयाँ उत्साह थपेको छ।