ताजा अपडेट

ट्रेन्डिङ

संस्कार, सीप र प्रविधिमैत्री शिक्षा: अक्सफोर्ड स्कूलमा प्लस टु मा भर्ना खुल्यो

Gyan Khabar

ज्ञानखबर

सोम, जेष्ठ ४, २०८३
485 पटक हेरिएको
संस्कार, सीप र प्रविधिमैत्री शिक्षा: अक्सफोर्ड स्कूलमा प्लस टु मा भर्ना खुल्यो

“व्यवहारिक र गुणस्तरीय शिक्षाका लागि विद्यालय” भन्ने मूल नाराका साथ विगत तीन दशकदेखि शिक्षा क्षेत्रमा आफ्नो बलियो र पृथक पहिचान बनाउन सफल सल्लाघारी, भक्तपुरस्थीत अक्सफोर्ड प्राक्टिकल ईङ्ग्लिस स्कूल/कलेजले शैक्षिक सत्र २०८३ का लागि प्लस टु (कक्षा ११) मा भर्ना आवेदन खुला गरेको छ ।

गुणस्तरीय, संस्कारयुक्त र प्रविधिमैत्री शिक्षाको पर्याय मानिने यस कलेजले प्लस टु अन्तर्गत व्यवस्थापन र मानविकी संकायमा होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स जस्ता आधुनिक एवं व्यावसायिक विषयहरू सहित नयाँ भर्ना आह्वान गरेको हो।

किन रोज्ने अक्सफोर्ड प्राक्टिकल कलेज ?

व्यावसायिक तथा आधुनिक संकाय: व्यवस्थापन र मानविकी अन्तर्गत आजको समय सुहाउँदो होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्सको उत्कृष्ट प्रयोगात्मक अध्यापन।
विद्यार्थी–केन्द्रित शिक्षण पद्धति: घोकन्ते विद्याभन्दा माथि उठेर कलेजले आधुनिक प्रविधि, प्रोजेक्ट वर्क, समूह छलफल, ई-लर्निङ दृष्टिकोण, र नियमित मूल्यांकन पद्धति अवलम्बन गर्दै आएको छ।
अनुभवी र दक्ष प्राध्यापक समूह: सम्बन्धित विषयका प्रखर विज्ञ, सृजनशील, समर्पित र शिक्षण क्षेत्रमा लामो अनुभव सँगालेका प्राध्यापकहरूद्वारा कलेज तहको अध्यापन।
अत्याधुनिक भौतिक पूर्वाधार: आधुनिक एवं प्रविधिमैत्री कक्षाकोठाहरू, सुविधायुक्त होटल म्यानेजमेन्ट ल्याब, अत्याधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशाला र समृद्ध पुस्तकालय।
बहुआयामिक व्यक्तित्व विकास: पढाइसँगै विद्यार्थीहरूको मानसिक तथा शारीरिक प्रगतिका लागि भ्वाइस अफ अक्सफोर्ड, साइबर सुरक्षा प्यानल, तनाव व्यवस्थापन कार्यशाला, र विभिन्न खेलकुद तथा सृजनात्मक अतिरिक्त क्रियाकलापहरू निरन्तर सञ्चालन।

“जीवनका लागि शिक्षा” — भविष्य निर्माणको सुनौलो अवसर

अक्सफोर्ड प्राक्टिकल स्कूलको मुख्य उद्देश्य नै विद्यार्थीहरूलाई केवल परीक्षा उत्तीर्ण गराउने मात्र नभई उनीहरू भित्र लुकेको अद्वितीय प्रतिभा पहिचान गरी सक्षम वैश्विक नागरिक बनाउनु हो। यहाँको व्यवहारिक र सीपमूलक शिक्षाले विद्यार्थीहरूलाई भविष्यमा उच्च शिक्षा, सरकारी सेवा, कर्पोरेट क्षेत्र, वा स्वरोजगार र उद्यमशीलता तर्फ अगाडि बढ्न दह्रो जग प्रदान गर्दछ।

विशेष छात्रवृत्ति व्यवस्था: जेहेन्दार, असाधारण प्रतिभा भएका, खेलकुदमा उत्कृष्ट र विपन्न वर्गका विद्यार्थीहरूका लागि कलेजले विशेष छात्रवृत्ति योजना ल्याएको छ। छात्रवृत्ति प्राप्त गर्नका लागि विद्यार्थीहरू अनिवार्य रूपमा कलेजले लिने प्रवेश परीक्षामा सहभागी हुनुपर्नेछ।

शैक्षिक सत्र २०८३ का लागि सिट सीमित भएकाले इच्छुक विद्यार्थी तथा अभिभावकहरूलाई कलेज प्रशासनमा सम्पर्क राखी भर्ना फारम भर्न वा https://oxfords.edu.np/register-online/ अनलाइन फारम भर्न र आफ्नो स्थान सुरक्षित गर्न अनुरोध गरिएको छ ।