ताजा अपडेट

ट्रेन्डिङ

वागीश्वरी माध्यमिक विद्यालयको दुई ओटा भवन उद्घाटन

Gyan Khabar

ज्ञानखबर संवाददाता

२ फाल्गुण २०७९, मङ्गलबार
116 पटक हेरिएको
वागीश्वरी माध्यमिक विद्यालयको दुई ओटा भवन उद्घाटन

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत बागीश्वरी माध्यमिक विद्यालयको नवनिर्मित दुुईवटा भवनको आज संयुक्त रुपमा उद्घाटन भयो ।

भक्तपुरको च्याम्हासिंह र कमलविनायकमा बनाइएको बागीश्वरी माविको नयाँ भवनको बागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ताम्रपत्र अनावरण र रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले बागीश्वरी मावि भक्तपुरको मात्र नभई देशकै नमुना विद्यालय भएको बताउँदै प्रमुख प्रजापतिले सामुदायिक शिक्षामा विद्यार्थीको पहिलो रोजाइ हुन सफल बागीश्वरीमा नर्सरीदेखि स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन भइरहेको बताउनुभयो ।

कुनै पनि बन्द, हड्तालमा भक्तपुरका विद्यालय तथा कलेजहरु बन्द नहुनु नै भक्तपुरको शैक्षिक विशेषता भएको बताउ“दै उहा“ले देशको शैक्षिक संस्थाहरुमा भक्तपुर नपाबाट सञ्चालित कलेजहरुले शैक्षिक गुणस्तरमा उचाइ प्राप्त गरिरहेको उहांले प्रष्ट पार्नुभयो ।

बागीश्वरीको नवनिर्मित भवनको अधिकत्तम उपयोग गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई प्रेरित गर्दै प्रमुख प्रजापतिले भक्तपुर नपाले सामुदायिक शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्दै बागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले बागीश्वरीले देशको शैक्षिक प्रगतिमा उल्लेखनीय भूमिका खेल्दै आएको चर्चा गर्नुभयो ।

उहाँले भवन निर्माणमा सहयोगी सम्पूर्णमा विद्यालय परिवारको तर्फबाट धन्यवादज्ञापन गर्दै उहाँले जुन उद्देश्यले विद्यालय भवन निर्माण भएको हो, त्यो उद्देश्य प्राप्तिको लागि विद्यालय परिवार दत्तचित्त भएर अगाडि बढ्ने प्रष्ट पार्नुभयो ।

सी.एल.पी.आइ.यु.का प्रमुख डिल्लीराम लुईटेलले २०७२ सालको भूकम्पपश्चात नेपाल सरकारले ८ हजारभन्दा बढी विद्यालय भवन निर्माण गरिरहेको जानकारी गराउनुभयो ।

डी.एल.पी.आइ.यु.का प्रमुख रमेश मैनालीले नवनिर्मित भवनसँगै लाखौं विद्यार्थीहरुको भविष्य जोडिएको बताउँदै उत्कृष्ट नेतृत्वकै कारण बागीश्वरीको शैक्षिक सफलता सम्भव भएको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रअ कृष्णप्रसाद धन्छाले भवन निर्माणको आय–व्यय प्रस्तुत गर्दै बागीश्वरीको नया“ भवनबाट छिटै व्यवस्थित रुपमा कक्षा सञ्चालन हुने बताउनुभयो ।

सोही समारोहमा डीएलपीआइयु प्रमुख मैनालीले भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिलाई विद्यालय भवनको साँचो हस्तान्तरण गर्नुभएको थियो भने नगर प्रमुख प्रजापतिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन्द्र ज्याख्वलाई उक्त साँचो हस्तान्तरण गर्नुभयो ।