ताजा अपडेट

ट्रेन्डिङ

माध्यमिक विद्यालय स्तरीय “एकल गायन प्रतियोगिता-२०७९” सम्पन्न

Gyan Khabar

ज्ञानखबर संवाददाता

१३ फाल्गुण २०७९, शनिवार
1026 पटक हेरिएको
माध्यमिक विद्यालय स्तरीय “एकल गायन प्रतियोगिता-२०७९” सम्पन्न

श्री पञ्चकन्या माध्यमिक विद्यालयको आयोजनामा माध्यमिक विद्यालय स्तरीय “एकल गायन प्रतियोगिता-२०७९” सम्पन्न भएको छ ।

सार्वजनिक माध्यमिक विद्यालय, संयुक्त परीक्षा समिति भक्तपुरको वार्षिक क्यालेण्डर अनुसार संयुक्त परीक्षा समिति अन्तर्गतका १६ वटा माध्यमिक विद्यालयहरु सहभागी भएको उक्त प्रतियोगिता छनौट चरण र फाइनल चरण गरी दुई चरणमा भएको थियो ।

छनौट चरणबाट दिपेश सुनार (पञ्चकन्या मावि), अभिषेक लगुन (ज्योति मावि), साजन स्याङताङ (शारदा मावि), पूर्णिमा गिरी (देवी मावि) र अनिशा तामाङ (गणेश मावि) फाइनल राउण्डका लागि पहिलो राउण्ड पार गर्न सफल भएका थिए।

फाइनल राउण्डबाट गणेश माविका अनिशा तामाङ प्रथम, शारदा माविका साजन स्याङताङ द्वितीय र ज्योति माविका अभिषेक लगुन तृतीय भएको छ ।

विजयी विद्यार्थीहरुलाई संयुक्त परीक्षा समितिका अध्यक्ष एवम् आदर्श आजाद माविका प्रअ श्रीकृष्ण किसी, वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छा र श्री पञ्चकन्या माविका प्रअ एवम् कार्यक्रम सभापति नारायणप्रसाद दुलालले पुरस्कार वितरण गरेका थिए ।