ताजा अपडेट

ट्रेन्डिङ

वागीश्वरी कलेजमा शिक्षण विधि सम्बन्धी तालिम सुरु

Gyan Khabar

ज्ञानखबर

शनि, जेष्ठ १३, २०८०
364 पटक हेरिएको
वागीश्वरी कलेजमा शिक्षण विधि सम्बन्धी तालिम सुरु

वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको ‘टिचिड्ड पेडागोजी युजिङ केस स्टडी मेथोड’ बारे तीनदिने तालिम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सभासद प्रेम सुवालले शनिबार समुद्घाटन गर्नुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि सुवालले देश आजको अवस्थासम्म किन र कसरी आइपुग्यो भन्नेबारे विश्वविद्यालयका प्राध्यापकहरुले अध्ययन अनुसन्धान गर्नुपर्ने बताउँदै उत्पादनमुलक क्षेत्रमा लगानी गर्न डराउनु, लगानीकर्ता ऋण तिर्न नसक्नु सबै आर्थिक सङ्कटको परिणाम हो भन्नुभयो। विश्वविद्यालयका प्राध्यापकहरुलाई राजनैतिक अवस्थाबारे अनुसन्धान गर्न आग्रह गर्दै उहाँले ख्वप विश्वविद्यालय स्थापनाका लागि २०६४ सालदेखि सङ्घर्ष जारी रहेको जानकारी दिनुभयो ।

सभापतिको आसनबाट बोल्दै रिसर्च म्यानेजमेन्ट सेल वागीश्वरीका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यले शिक्षक, प्राध्यापकहरुलाई सैद्धान्तिक शिक्षण पद्धतिभन्दा प्रयोगात्मक अध्यापनशैली अपनाउन आग्रह गर्नुभयो ।

कलेज व्यवस्थापन समितिका सदस्य एवं भनपा ९ वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वले अहिलेको नयाँ पुस्ता उच्च शिक्षा अध्ययनको नाममा विदेशिएको दृश्यले नेपालको पाठ्यक्रम नै समाजिक जीवनसँग बेमेल भएको हुन् की भनी प्रश्न गर्दै युवा पुस्ता विदेश मोहबाट ग्रस्त भएकोमा चिन्ता व्यक्त गर्नुभयो। वर्तमान आर्थिक सङ्कटको समयमा भक्तपुरमा रहेको सहकारी, वित्तीय संस्थाहरुले भक्तपुरका जनताहरुको बचत रकम लगानीबारे अध्ययन अनुुसन्धान गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।

bagi tm3

वागीश्वरी कलेज आरएमसीका सल्लाहकार डा. बलराम दुवालले केस स्टडी विद्यार्थीहरुको पाठ्यक्रममा अनिवार्य भैसकेको हुँदा अध्यापन गराउने शिक्षक, प्राध्यापकहरु यस विषयमा तयारी हुन आवश्यक रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी कलेज अफ मानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा र उपप्राध्यापक विकल प्रजापतिले पनि बोल्नुभएको थियो ।

bagi tm2

जेष्ठ १५ गतेसम्म चल्ने उक्त कार्यशालामा उपप्राध्यापक डा. भरतसिहं थापा र उपप्राध्यापक सन्जय घिमिरेले पहिलो दिन स्रोतव्यक्तिका रुपमा प्रशिक्षक रहनुभएको छ । त्यसैगरी दोस्रो र तेस्रो दिनमा प्राध्यापक डा.पुष्कर ब्रजाचार्य, प्राध्यापक डा. सञ्जयकुमार श्रेष्ठ, उपप्राध्यापक डा. वेदप्रसाद ढकाल र उपप्राध्यापक डा. बलराम दुवाल गरी जम्मा ६ जना स्रोतव्यक्तिले प्रशिक्षण दिने कलेज प्रशासनले जनाएको छ ।