ताजा अपडेट

ट्रेन्डिङ

अक्सफोर्ड प्राक्टिकल स्कुलले मानविकी र व्यवस्थापनमा भर्ना खुलाउने

Gyan Khabar

ज्ञानखबर

शुक्र, जेष्ठ २६, २०८०
357 पटक हेरिएको
अक्सफोर्ड प्राक्टिकल स्कुलले मानविकी र व्यवस्थापनमा भर्ना खुलाउने

भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारीस्थ्ति अक्सफोर्ड प्राक्टिकल स्कुलले मानविकी र व्यवस्थापन समूहमा भर्ना खुलाउने भएको छ ।

गत शैक्षिक सत्रदेखि कक्षा ११ मा व्यवस्थापन समूहका विभिन्न विषय सञ्चालन थालेको सो स्कुलले यही वर्षबाट मानविकी समूहका विभिन्न विषयमा पनि भर्ना खुलाउने भएको हो । त्यसका लागि स्कुलले भक्तपुर नगरपालिकाबाट स्वीकृति पाइसकेको छ ।

स्कुलले कलेज तहको पढाइ सञ्चालनको लागि ४ तल्ले सुबिधा सम्पन्न भबन बनाएको छ। स्कुलले सुबिधा सम्पन्न भबन बनाउनका लागि माटो परिक्षण समेत गरेको छ।

भक्तपुरमा भबन बनाउन माटो परिक्षण गर्ने अक्सफोर्ड प्राक्टिकल स्कुल पहिलो हो। स्कुलले गुणस्तरीय शिक्षामा जोड दिदैं आएको छ।

साविक एसएलसीमा भक्तपुर टप गर्न सफल अक्सफोर्ड प्राक्टिकल स्कुलले पढाईका साथै अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुदलाई विशेष जोड दिँदै आएको छ।

यस वर्षका लागि कक्षा ११ मा मानविकी र व्यवस्थापन समूहका कक्षा सञ्चालनका लागि तयारी पूरा भएको स्कुलले जनाएको छ।