ताजा अपडेट

ट्रेन्डिङ

बिमल मेमोरियलमा प्रि-स्कुल दीक्षान्त समारोह: झिलिमिली गाउनमा सजिए ससाना विद्यार्थी

Gyan Khabar

ज्ञानखबर

सोम, बैशाख १४, २०८३
128 पटक हेरिएको
बिमल मेमोरियलमा प्रि-स्कुल दीक्षान्त समारोह: झिलिमिली गाउनमा सजिए ससाना विद्यार्थी

सूर्यविनायक नगरपालिका–१०, चित्तपोलस्थित बिमल मेमोरियल विद्यापीठमा ‘प्रि-स्कुल ग्रेजुएशन तथा पुरस्कार वितरण समारोह–२०८३’ भव्यताका साथ सम्पन्न भएको छ। युकेजी उत्तीर्ण गरी कक्षा १ मा प्रवेश गरेका ससाना विद्यार्थीहरू हरियो र पहेँलो रङको आकर्षक गाउन तथा विद्यालयको लोगो अंकित पोशाकमा सजिएर दीक्षित हुँदा कार्यक्रमस्थल निकै उत्साहपूर्ण देखिएको थियो।

विद्यालयका प्रिन्सिपल कुमार थापामगरले विद्यार्थीको मनोबल बढाउन पहिलोपटक यस्तो दीक्षान्त आयोजना गरिएको बताउँदै आगामी सत्रदेखि स्मार्ट कक्षा, अङ्ग्रेजी भाषा सुधार, ‘डान्सिङ स्टार’, र ‘सिङ्गिङ आइडल’ जस्ता सिर्जनात्मक कार्यक्रम सुरु गर्ने घोषणा गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि एवं वडा अध्यक्ष शिवराम राउतले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै गुणस्तरीय शिक्षामा जोड दिनुभयो। विद्यालय सञ्चालक समितिका अध्यक्ष इन्जिनियर कमल कार्कीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा इप्सन भक्तपुरका अध्यक्ष जी.बी. खड्का, पत्रकार हरिसुन्दर छुकां र शिक्षक अभिभावक संघका अध्यक्ष विश्वराम खत्रीले विद्यालयको शैक्षिक सुधारको प्रशंसा गर्नुभयो।

bm1

समारोहमा नर्सरीदेखि कक्षा ९ सम्मका उत्कृष्ट विद्यार्थीहरूलाई पदक तथा पुरस्कार वितरण गरिएको थियो भने वर्षभरि पूर्ण उपस्थिति जनाउने चार जना विद्यार्थीलाई ‘मस्ट पङ्चुअल’ अवार्डबाट विशेष सम्मान गरियो। विद्यार्थीहरूको आकर्षक नृत्य र सांस्कृतिक प्रस्तुतिले थप रौनक थपेको उक्त कार्यक्रमको सञ्चालन भावना श्रेष्ठ र अम्बिका देउजाले गर्नुभएको थियो।

bmgk2