ताजा अपडेट

ट्रेन्डिङ

प्रविधिको सही उपयोग र समन्वयमा जोड दिँदै ८ दिने ‘डिजिटल मार्केटिङ र एआई’ तालिम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

सोम, बैशाख १४, २०८३
88 पटक हेरिएको
प्रविधिको सही उपयोग र समन्वयमा जोड दिँदै ८ दिने ‘डिजिटल मार्केटिङ र एआई’ तालिम सम्पन्न

प्रगति सामुदायिक सिकाइ केन्द्र र भक्तपुर नगरपालिका वडा नं. ९ को संयुक्त आयोजनामा सञ्चालित ८ दिने “डिजिटल मार्केटिङ तथा एआई टूल्स” तालिम शनिबार एक भव्य समारोहका बीच समापन भएको छ। बागिश्वरी माध्यमिक विद्यालयको हलमा आयोजित उक्त कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै प्रविधिको भविष्यबारे चर्चा गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि एवं भक्तपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले विद्यार्थीहरूलाई प्रविधिको प्रयोग गर्दा देशको सार्वभौमिकता र सुरक्षालाई सदैव ध्यानमा राख्न आग्रह गर्नुभयो। उहाँले मुम्बई बम विस्फोटको उदाहरण दिँदै भन्नुभयो, “सञ्चार र समन्वयको अभावमा ठूला योजनाहरू विफल हुन सक्छन्। प्रहरी मुख्यालय र प्रादेशिक बलबीचको कमजोर सञ्चारले गर्दा अपराधी उम्किएको इतिहासबाट पाठ सिक्दै विद्यार्थीहरूले पनि आपसमा बलियो समन्वय राख्नुपर्छ।”

२०८२ सालको एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको यस तालिमले नयाँ पुस्तालाई प्रविधिमैत्री बनाउने लक्ष्य राखेको थियो। प्रगति सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष रविन्द्र कुसीले प्रशिक्षार्थीहरूलाई स्वागत गर्दै आगामी दिनमा पनि यस्ता सीपमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रशिक्षार्थीहरूका तर्फबाट रोझुल ह्यङ्गो र आरुश मानन्धरले ८ दिनको अवधिमा आफूले सिकेका कुराहरू र अनुभव सुनाएका थिए। प्रशिक्षकद्वय रमेश प्रजापति र अनिल पाउले विद्यार्थीहरूको मेहनतको प्रशंसा गर्दै सिकाइलाई केवल तालिममा मात्र सीमित नराखी जीवनभर निरन्तरता र स्थिरताका साथ अघि बढाउन सुझाव दिनुभयो।

कार्यक्रमको समापन गर्दै सभापति छोरी माया सुजखुले प्रविधि सिकेर दक्ष बनेका विद्यार्थीहरूले समाज रूपान्तरणमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।