मध्यपश्चिम विश्वविद्यालय तथा सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त प्रक्रिया स्थगन गरिएको छ । विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको आइतबार बसेको बैठकले हाललाई दरखास्तसम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगन गर्ने निर्णय गरेको हो ।
मध्यपश्चिम विश्वविद्यालय तथा सुदूरपश्चिम विश्वविद्यालयको रिक्त हुने उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको निर्णयबमोजिम २५ माघमा दरखास्त आह्वानसम्बन्धी सूचना प्रकाशित गरिएको थियो ।
सिफारिस समितिको आइतबारको बैठकले हाललाई दरखास्तसम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगन गर्ने निर्णय गरेको हो ।